Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

बजेट अभावमा सडक निर्माण अलपत्र


जाजरकोट। अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो ।

जाजरकोटको भेरी नगरपालिका–४ बोहरादेखि काफलचौर गाउँहुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे हुँदै जुम्ला जोड्ने सडकखण्डका लागि चौरजहारीस्थित सडक डिभिजन कार्यालले बोलपत्र आह्वान गरे पनि बजेटको अभावमा काम रोकिएको छ भने अर्थ मन्त्रालयले बजेट पठाउने आशाका साथ बोलपत्र गरिए पनि अहिले बजेट नपठाउँदा समस्या भएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी, कालोपत्रका लागि मागिएको बजेट स्वीकृत नहुँदा दुई वटा सडक अलपत्र परेका हुन् भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहातको सडक डिभिजनले बोलपत्र गरेर पनि लामो समयसम्म बजेट स्वीकृत नगर्दा आफूहरु समस्यमा परेको उक्त कार्यालयले जनाएकोे छ । उक्त सडक निर्माण नहुँदा बहुप्राविधिक शिक्षालय तथा काफलचौर जाने विद्यार्थी तथा स्थानीय बासिन्दा हैरान भएका छन् । मध्यपहाडी लोकमार्गको नजिक तथा भेरी करिडोरका बीचमा रहे पनि यस अप्ठ्यारो सडकमा हिउँद याममा बाक्लै आवतजावत हुने गरेको छ भने वर्षायाममा सबै सडक भत्किँने भएकाले हैरान हुने गरेको काफलचौरका हुमबहादुर शाहीले बयाएका छन् ।

पश्चिम जाजरकोटको महत्वपूर्ण सडक कालोपत्र गर्न अर्थ मन्त्रालयले बजेट नदिँदा काम रोकिएको छ भने लामो समयदेखि धुलाम्ये सडकमा यात्रा गर्दा आफूहरु हैरान भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले गुनासो गरे । उनले भने, “हामीले पटकपटक बजेट माग गरेका छौँ तर सुनुवाइ भएको छैन । पश्चिम जाजरकोटलाई राज्यले नहेरेको अवस्था छ ।”

त्यसैगरी, छेडा–चाँदे हुँदै जुम्ला सडकखण्डभित्र रहेको यो सडकमा शिवालय गाउँपालिका–१ देखि नै कालोपत्र नहुँदा कच्ची बाटोमा यात्रा गर्नुपर्छ । हिउँद याममा ठिकै भए पनि वर्षायाममा यो सडकमा हिँड्न मुस्किल हुने गरेको उहाँको भनाइ छ । पूरै कच्चीे यो सडकमा मुस्किलले एकतर्फी यातायाताका साधन सञ्चालन भइरहेका छन् भने दोहोरो यातायातका साधन बाटो क्रस गर्न फराकिलो भएको ठाउँ खोज्दै समय बित्ने गरेको छ । यो काम सङ्घीय सरकारको मातहतमा रहेर सडक डिभिजनले काम गर्दै आएको छ ।

ठाउँठाउँमा पुल निर्माण गर्नुुपर्ने भए पनि हालसम्म मुस्किलले मोर्कमा एउटा मात्र पुल निर्माण भएको छ अन्य कुनै पनि ठाउँमा पुल निर्माण नभएको उनले जानकारी दिए । पश्चिम जाजरकोटका शिवालय, छेडागाड, जुनिचाँदे र कुशे गाउँपालिकाको आधा भाग हुँदै जुम्ला जोड्ने महत्वपूर्ण सडक भए पनि राज्यको नजरमा नपरेको महताराको गुनासो थियो । पश्चिम जाजरकोटका जनप्रतिनिधिदेखि सर्वसाधाणले धेरैपटक सडकमा कालोपत्र गराउन माग गर्दै आए पनि त्यसको सुनुवाइ नभएको उनले बताए ।

त्यस्तै, पश्चिम जाजरकोटमा सडकको दूरावस्थाले निर्माण सामग्री ल्याउन र बिरामी हुँदा अस्पताल लैजानसमेत समस्या हुँदै आएको छ भने सडकको स्तरोन्नति नहुँदा मध्यपहाडी लोकमार्ग, भेरी करिडोर र लुम्बिनी रारा सडकसँग यो सडक जोडिएको छैन ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?