Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने शेखरको चेतावनी


काठमाडाैं। लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र विवाद बढेको छ । शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् ।

त्यस्तै, कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई मन्त्री बनाउन लागेका छन्, तर शेखर पक्षले भने नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य विश्वप्रेम पाठकलाई मन्त्री बनाउन भनेको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्न खोजेका छन् । उनले कांग्रेस र माओवादीबाट एक-एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । त्यस्तै, मुख्यमन्त्रीलाई फोन गरेर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिएको काँग्रेस, लुम्बिनीका महामन्त्री विक्रम खनालले बताए ।

कांग्रेस संसदीय बोर्डका अर्का नेता विष्णु पोख्रेलले लुम्बिनी प्रदेशको पार्टी समितिमा संस्थापनइतरको शक्ति ९० प्रतिशत हाराहारी रहेको दाबी गर्दै सरकारमा संस्थापन पक्षबाट एकजना पनि नसमेटिए कोशीमा जस्तै विद्रोह हुने चेतावनी दिएका छन् । मुख्यमन्त्रीको सचिवालयले भने पार्टीबाट मन्त्री हुनेको नाममा अन्तिम निर्णय भइनसकेको बताएको छ ।

त्यसैगरी, लुम्बिनीमा तीन वटा मन्त्रालय खाली छ भने चर कांग्रेसको प्रदेश समितिले आर्थिक भार बढ्ने भन्दै १० जनाभन्दा बढी मन्त्री बनाउन मुख्यमन्त्रीलाई निर्देशन दिएको छ । दुई जना मात्र मन्त्री थपिँदा माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री बन्ने सम्भावना रहेको छ ।

त्यसैगरी, कांग्रेसबाट मन्त्री बन्नेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय भने मुख्यमन्त्री चौधरीसँगै नै रहनेछ ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?