Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

क्याम्पसका लोकप्रिय विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी


२६ फागुन, काठमाडौँ । नेविसंघका सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका लोकप्रीय र स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँको बालमिकि क्याम्पसममा आयोजित नेविसंघ भेलाले स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए विद्रोह गर्ने चेतावनी दिएको हो।

गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न भन्दै देशभरिको क्याम्पसमा विद्रोह गर्ने सङ्केत सो समूहले गरेको हो।

भेलालाई सम्बोधन गर्दै लामो समयदेखि सङ्गठन भनेर दुःख गरेका र क्याम्समा लोकप्रीय रहेका विद्यार्थीलाई गुठ र गठबन्धनको नाममा अवसरबाट वन्चित बनाउने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघ पूर्व केन्द्रीय सदस्य सुसिल भट्ट्ले दिए।

नेविसंघका पूर्वमहामन्त्री तथा बाग्मती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त भेलामा कांग्रेस बागलुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्व महामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य सुसिल भट्ट, नवराज त्रीपाठी, उमेश थापामगर युवा नेता इन्दु शर्मा, लिला बल्ल दाहाल, दीपेन्द्र क्षेत्री, नेबि सघका नेताहरु दीपक ओझा, रुपेश साह , नीराजन शाही, राजकुमार उप्रेती, महेश पौडेल, प्रशान्त लामिछाने, विनोद बराल , मनिस सिम्खडा लगायतका उपत्यकाका अन्य सयौँ नेता कार्यकर्ता सहभागी भएको नेविसंग नेता मनिस रायमाझिले बताए।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?