Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

क्याम्पसका लोकप्रिय विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी


२६ फागुन, काठमाडौँ । नेविसंघका सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका लोकप्रीय र स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँको बालमिकि क्याम्पसममा आयोजित नेविसंघ भेलाले स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए विद्रोह गर्ने चेतावनी दिएको हो।

गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न भन्दै देशभरिको क्याम्पसमा विद्रोह गर्ने सङ्केत सो समूहले गरेको हो।

भेलालाई सम्बोधन गर्दै लामो समयदेखि सङ्गठन भनेर दुःख गरेका र क्याम्समा लोकप्रीय रहेका विद्यार्थीलाई गुठ र गठबन्धनको नाममा अवसरबाट वन्चित बनाउने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघ पूर्व केन्द्रीय सदस्य सुसिल भट्ट्ले दिए।

नेविसंघका पूर्वमहामन्त्री तथा बाग्मती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त भेलामा कांग्रेस बागलुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्व महामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य सुसिल भट्ट, नवराज त्रीपाठी, उमेश थापामगर युवा नेता इन्दु शर्मा, लिला बल्ल दाहाल, दीपेन्द्र क्षेत्री, नेबि सघका नेताहरु दीपक ओझा, रुपेश साह , नीराजन शाही, राजकुमार उप्रेती, महेश पौडेल, प्रशान्त लामिछाने, विनोद बराल , मनिस सिम्खडा लगायतका उपत्यकाका अन्य सयौँ नेता कार्यकर्ता सहभागी भएको नेविसंग नेता मनिस रायमाझिले बताए।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?