Trending
>>   जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह >>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल >>   शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान >>   १७ हजारको हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल >>   जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की >>   काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल >>   इजिप्टले इन्धनको मूल्य १५ प्रतिशतले बढायो >>   गलत सूचनाका कारण योगी आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास जानुभएको भने, त्यसको खण्डन गर्छुः देउवा
Logo
१ बैशाख २०८२, आईतवार
१ बैशाख २०८२, आईतवार

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन


४ ,पुष ,त्रिवेणी (नवलपरासी) । । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् ।

माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती–७ का किसान देवराज सुब्बाले बताए । वनको सीमासँग जोडिएका यहाँका बासिन्दाको प्रायः घरैपिच्छे माछापोखरी रहेको उनले बताए ।

“यहाँ करिब ७० घरपरिवार सबैजसोको पोखरी छ, वनसँग जोडिएको ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प माछापोखरी बनेको छ”, उनले भने । माछापालनबाट आम्दानीसमेत राम्रो हुँद आएको उनले बताए ।

पहिले धानखेती लगाउँदै आउनुभएका यमबहादुर नेपालीले पनि पछि माछापोखरी खनेका छन् । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि यस माछापोखरी निर्माण गर्ने क्रम बढेको उनले बताए ।

जिल्लाको देवचुली, कावसोती, मध्यविन्दु नगरपालिकाको मध्यवर्ती आसपासका क्षेत्रमा दिनप्रतिदिन माछापालन गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ । वनको सीमा क्षेत्रमा रहेका जग्गामा माछापोखरी निर्माणका लागि यहाँका सामुदायिक वनले समेत सहयोग गर्दै आएका छन् ।

माछापालन गर्न चाहनेका लागि नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले सहयोग गर्ने गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताए । नमूना मध्यवर्ती सामुदायिक वन र कृष्णसार मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने यस क्षेत्रमा मात्रै एक सय ४० माछापोखरी रहेका छन् ।

माछापालनले बन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । अन्य बाली लगाउँदा वन्यजन्तुले क्षति पुर्याउने हुँदा वन नजिकमा माछापालन व्यवसाय फस्टाउँदै गएको उनले बताए । यसले वन्यजन्तुले बाली मास्ने समस्या पनि हटेको र माछापालन व्यवसायबाट मनग्य आम्दानी हुने गरेको उनले बताए ।

कावासोती नगरपालिकाले माछापालनमा मध्यवर्ती क्षेत्रका बासिन्दा आकर्षित भएसँगै वडाहरूलाई पकेट क्षेत्रका रुपमा घोषणा गरी अनुदान उपलब्ध गराउँदै आएको छ ।

कावासोती नगरपालिकाभित्रका वडा नं ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा विकास गर्दै अनुदान उपलब्ध गराउने गरेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताए ।

“मध्यवर्ती आसपासमा माछापालन गर्ने क्षेत्र बढ्दै जाँदा नगरपालिकाबाट आवश्यक अनुदान उपलब्ध गराउन थालेका छौँ, किसानले पनि राम्रो आम्दानी लिने गरेका छन्”, उनले भने ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?