Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग


१ ,पुष ,रामपुर (पाल्पा) । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पालाई पूर्वविद्यार्थीद्वारा रु दुई लाख सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले आफ्ना स्व हजुरबुबा लोकनाथ पोखरेल र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

सो रकम विद्यालयमा अध्ययनरत असहाय छात्रवृत्ति कोषका रुपमा स्थापना गरी विद्यार्थीको पठनपाठनमा सघाउ पुग्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता पोखरेलले बताए । यस विद्यालयमा हालसम्म रु २० लाख ५८ हजार २५५ बराबरको रकम अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए ।

विद्यालयमा स्थापित अक्षयकोष रकममध्ये दिवाकर भक्तिप्रसाद भट्टराई स्मृति अक्षयकोष र रामनाथ पौडेल स्मृति अक्षयकोषबाट सामाजिक, राजनीतिक, धार्मिक क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने गरिएको छ ।

अन्य अक्षयकोषबाट विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न, असहाय विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिँदै आइएको छ । विद्यालयमा स्थापना भएका अक्षयकोषमध्येबाट हरेक वर्ष करिब एक सय विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको शिक्षक लेखनाथ शर्मा मरासिनी बताउछन् ।

तीन तहमा विद्यालय चलाउने, हाल पूर्वप्राथमिक तह अन्तर्गत कक्षा नर्सरीदेखि २ सम्म दुई सय विद्यार्थी अध्ययनरत रहेको, हाल दुईवटा स्कुल बस सेवा रहेकोमा एकवटा थप गरी तीनवटा स्कुल बस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।

करिब दुई हजार सात सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा एक सय नौ शिक्षक कर्मचारी कार्यरत छन् । प्राविधिक धारतर्फ तीनवर्षे कृषिबाली विज्ञान विषयमा पठनपाठन भइरहेको छ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?