Trending
>>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘मेलम्चीको पानी चाँडो काठमाडाैं पुर्‍याऔँ’


सिन्धुपाल्चोक। सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडाैं पुर्‍याउन आग्रह गरेका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडाैंका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगको समेत निरीक्षण गरे । मेलम्चीको पानी काठमाडाैं लैजान ढिलाइ भइरहेको सन्दर्भमा उहाँले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन् ।

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए । उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहेका थिए ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?