Trending
>>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

लुम्बिनीमा विश्वशान्ति धामको निर्माण पुनः सुरु


बुटवल। बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धाम पुनः निर्माण गर्न थालिएको छ । शनिबारदेखि पुनः धाम निर्माण गर्न थालिएको हो । सो धाम निर्माणमा सक्रिय श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले धाम पुनः निर्माण प्रारम्भ गरे ।

रिन्पोछेले कोरोना अघि निर्माण सुरु गरेर रोकिएको काम पुनः सुरुवात गरिएको बताए । उनले भौतिक विकासमा नेपाल कमजोर भए पनि संसारको सबैभन्दा धनी हुने प्राकृतिक तथा पुरातात्विक सम्पदा भएकाले त्यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए । करोडौँ विदेशी बुद्धधर्मप्रति आकर्षित भएकाले यसबाट नेपालले ठूलो लाभ लिनसक्नेमा गुरु रिम्पोक्षेले अपेक्षा गरे ।

उक्त कोषका उपाध्यक्ष डा. लामाले निर्माण हुन लागेको विश्वशान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यो आयोजना लुम्बिनीका लागि मात्रै नभइ संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ थियो । उपाध्यक्ष लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभए पनि बुद्धधर्मप्रति आस्था राख्नेको सहयोगबाट यो निर्माण हुने बताए ।

नेपालका लागि अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकलाई लुम्बिनीको ऐतिहासिक सम्पदा र बुद्धधर्मको महत्वबारे बुझ्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे । त्यस्तै, विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तर्राष्ट्रिय अभियान्ता माइकल सङ्घ र जेम्स स्टरलिङ्कलगायतले विश्व शान्तिधाम निर्माणले बुद्धधर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरेका थिए । तीन हजार चार सय वर्गमिटर क्षेत्रफल र ४४ मिटर उचाइको उक्त धाम तीन वर्षमा निर्माण भइसक्ने र करिव रु चार अर्ब लाग्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?