Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

गाईपालनको आम्दानीबाट मन्दिरको खर्च व्यवस्थापन


सुन्दरहरैँचा,मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ । । फार्ममा उन्नत जातका ५२ गाई रहेका छन् भने दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।
त्यस्तै, दूध बिक्री गरेर हुने आम्दानीबाट मन्दिर सञ्चालन र व्यवस्थापन, धार्मिक अनुष्ठान तथा गरिब र असहायलाई भोजनको व्यवस्था गरिँदै आएको मन्दिरका अध्यक्ष एवं महन्त दाताराम भण्डारीले जानकारी दिए । उनकै सक्रियतामा गाई फार्म सञ्चालन गरिएको हो । फार्मले स्थानीय पाँच जनालाई रोजगारीसमेत प्रदान गरेको छ । उपभोक्तालाई शुद्ध एवं गुणस्तरीय दूध उपलब्ध गराएको अध्यक्ष भण्डारी बताउछन ।
दूध बिक्रीबाट मासिक रु दुई लाख ७० हजार आम्दानी हुने गरेको छ”, उनले भने– “यसै आम्दानीबाट मन्दिरका पुजारीलाई मासिक रु १५ हजार उपलब्ध गराउँछौँ ।”  गाईपालन गर्नका लागि वार्षिक रु ४० हजार तिरेर एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएको अध्यक्ष भण्डारीले बताए । फार्मले बैंक कर्जा, दान, भेटीलगायत सहयोगबाट गाईपालनका साथै बाख्रापालन समेत गरिरहेको छ ।
“आश्राममा बस्ने भक्तजनलाई गौःसेवामा सहभागी गराउँदै आएका छौँ”, महन्त भण्डारीले भने । गाईको नियमित हेरचाह, सरसफाइ, दाना, पानी, पराल, औषधोपचारलगायतमा रकम खर्च हुनेगरेको छ भने लगानी वृद्धि गरी नश्ल सुधारसहित गुणस्तरीय गाई तथा बाख्रापालना गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए । उक्त फार्मलाई राष्ट्रियस्तरको नमुना कृषि फार्मका रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
त्यसैगरी, लक्ष्मीनारायण कृषि फार्मका सञ्चालक सङ्गीता पौडेल फार्मलाई राज्यले सहयोग गर्नुपर्ने बताउछन् । मन्दिरमा आश्रित भक्तजनले गाईको हेरचाह गर्ने गरेका उनी बताउछ्न् । उक्त फार्मले बैंकबाट झण्डै रु एक करोड  ऋण लिएको छ । “हामीले नाफा कमाउनेभन्दा पनि सेवाभावले फार्म सञ्चालन गरिरहेका छौँ”, पौडेलले भने ।
सुन्दरहरैँचा नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख किशोरकुमार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ मा फार्मका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । “कार्ययोजना र लक्षसहित आए थप आवश्यक सहयोग र सहजीकरण गछौँ”, उनले भने ।  नगरपालिकाले गोठ सुधार कार्यक्रमअन्तर्गत अनुदान सहयोग गर्ने गरेको प्रमुख कार्कीले बताए ।

प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?