Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिगमा आज चार वटा खेल हुँदै


काठमाडाैं। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वेस्टह्याम र उल्भ्स, ब्रेन्टफोर्ड र एस्टनभिल्ला तथा आर्सनल र ब्राइटनबीच खेल हुनेछ ।

त्यसैगरी, गएरातिको खेलमा साविक विजेता सिटीले क्रिस्टल प्यालेससँग दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । सिटीले क्रिस्टल प्यालेससँग २ गोलको अग्रता जोगाउन सकेन भने अरु खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई, चेल्सीले सेफिल्ड युनाइटेडलाई र एभर्टनले बर्नलीलाई २–० गोलले हरायो ।

राति सवा १० बजे शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । अङ्क तालिकामा १६ खेलमा ३७ अङ्ककासाथ लिभरपुल शीर्ष, ३६ अङ्कका साथ आर्सनल दोस्रो, ३५ अङ्क रहेको एस्टनभिल्ला तेस्रो र १७ खेलमा ३४ अङ्क रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

त्यस्तै, न्युक्यासलले फुलह्यामलाई ३-० गोलले हरायो । बर्नमाउथ र लुटन टाउनबीचको खेलमा लुटन टाउनका कप्तानलाई खेलकैक्रममा हृदयघात भएपछि खेल एकरएकको बराबरीकै अवस्थामा रोकिएको छ । क्लबले कप्तानको अवस्था सुधारउन्मुख रहेको जनाएको छ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?