Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

इङ्ग्लिस प्रिमियर लिगमा आज चार वटा खेल हुँदै


काठमाडाैं। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वेस्टह्याम र उल्भ्स, ब्रेन्टफोर्ड र एस्टनभिल्ला तथा आर्सनल र ब्राइटनबीच खेल हुनेछ ।

त्यसैगरी, गएरातिको खेलमा साविक विजेता सिटीले क्रिस्टल प्यालेससँग दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । सिटीले क्रिस्टल प्यालेससँग २ गोलको अग्रता जोगाउन सकेन भने अरु खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई, चेल्सीले सेफिल्ड युनाइटेडलाई र एभर्टनले बर्नलीलाई २–० गोलले हरायो ।

राति सवा १० बजे शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । अङ्क तालिकामा १६ खेलमा ३७ अङ्ककासाथ लिभरपुल शीर्ष, ३६ अङ्कका साथ आर्सनल दोस्रो, ३५ अङ्क रहेको एस्टनभिल्ला तेस्रो र १७ खेलमा ३४ अङ्क रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

त्यस्तै, न्युक्यासलले फुलह्यामलाई ३-० गोलले हरायो । बर्नमाउथ र लुटन टाउनबीचको खेलमा लुटन टाउनका कप्तानलाई खेलकैक्रममा हृदयघात भएपछि खेल एकरएकको बराबरीकै अवस्थामा रोकिएको छ । क्लबले कप्तानको अवस्था सुधारउन्मुख रहेको जनाएको छ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?