Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

शुक्रराज अस्पतालमा कुकुरले टोकेका बिरामी बढ्दै


३० ,मङ्सिर ,काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ । कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि भएको हो ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार सात सय ४८ रहेका थिए भने आव २०७९/८० मा यो सङ्ख्या बढेर ५० हजार चार सय ९४ पुगेको छ ।

यस्तै आव २०७८/७९ मा नयाँ र पुरानो गरी एक लाख, एक हजार, एक सय ९६ र आव २०७९/८० मा नयाँ र पुरानो गरी एक लाख २५ हजार ९० बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने भएकाले गर्मीमा धेरै बिरामी खोप लगाउन आउने गरेका छन् । आव २०७९/८० को जेठमा पाँच हजार ५८ जना र असारमा पाँच हजार दुई ८० जना खोप लगाउन आएका छन् । यस्तै पुसमा तीन हजार आठ सय ५१ र माघमा चार हजार एक सय ३२ जनाले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले टोकेपछि दुई किसिमको खोप दिइने गरिन्छ । एउटा एन्टिरेविज र अर्को इम्युनोग्लोबुलिन भ्याक्सिन दिने गरिन्छ । यदि भुस्याहा कुकुरले टोकेको खण्डमा इम्युन्नोग्लोविन खोप र घरपालुवा कुकुर जसले नियमित खोप लगाएका छन् ।

ती कुकुरले टोके भने एन्टिरेबिज भ्याक्सिन खोप दिइने गरिन्छ । घरपालुवा र भुस्याहा कुकुरले बढी मानिसलाई टोक्ने गरेको छ । यस्तै गत असारदेखि यतामात्र १९ हजार चार सय ४७ जना नयाँ बिरामीले रेबिजविरुद्ध खोप लगाइसकेका अस्पतालका बहिरङ्ग विभागका इन्चार्ज शङ्कर पाण्डेले जानकारी दिए ।

उनका अनुसार साउनमा चार हजार आठ सय ८५, भदौमा चार हजार सात सय २८, असोजमा चार हजार सात सय ३१ र कात्तिकमा पाँच हजार ९९ जनाले बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् । उनका अनुसार अहिले दैनिक एक सय ३० जना रेबिजविरुद्धको खोप लगाउन अस्पताल आउने गरेका छन् ।

मासु र छालामा लगाइने उक्त खोप सरकारले निःशुल्क वितरण गर्ने गरेको छ । मासुमा लगाउने खोप चारपटक र छालामा लगाउने खोप तीनपटक दिइने गरिन्छ । बच्चा र वृद्धालाई मासुमा खोप लगाइने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले छालामा लगाइने खोपलाई बढी प्रभावकारी मानेको छ ।

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाएको खण्डमा रेबिज रोग लाग्ने गर्दछ । अस्पतालका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने बताउछन् । उनले खोप नलगाएको खण्डमा २० देखि ९० दिनसम्म रेबिज रोगको लक्षण देखिने र लक्षण देखिएको सात दिनभित्रमा बिरामीको मृत्यु हुने गरेको बताए ।

चालिसेका अनुसार रेबिज रोग लागेका बिरामीको मृत्युदर शतप्रतिशत रहेको छ । अस्पतालमा महिनामा दुई–तीन जना बिरामी रेबिज लागेर आउने गरेको उनि बताउछन् । रेबिज रोग लागेका मान्छे सुरुमा पानी र हावासँग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गरेको उनले बताए ।

रेबिजबाट सङ्क्रमित भएको कुकुर, जङ्गली जनावरजस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा तिनीहरूको र्यालबाट रेबिज रोग सर्दछ । रेबिज भाइरसले मस्तिष्कमा असर पुर्‍याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ ।

कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने गर्नुपर्दछ ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?