Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पाथीभराको विकास निर्माणमा पहल गरिदिन आग्रह


ताप्लेजुङ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ ।

त्यस्तै, गृहजिल्ला आएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका विकासमा थप पहल र समन्वय गरिदिन समितिले आग्रह गरेको हो ।पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकखण्डको स्तरोन्नतिलगायतका निर्माणकार्य चाँडो सम्पन्न गराउन आवश्यक पहल र समन्वय गरिदिन आग्रह गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।

पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकको कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिनै लाग्दा करिब ११ प्रतिशतमात्र काम सकिएको छ भने निर्माण पक्षले समयमै काम सुरु नगर्दा सडक निर्माणले गति लिन नसकेको हो । कन्ट्रेक प्रा.लि काठमाडौंले उक्त सडक निर्माणका लागि २०७८ पुस ११ गते सम्झौता गरी २०८१ असार ११ भित्रै सम्पन्न गर्ने जनाएको थियो ।

उक्त सडकको काम समयमै नहुँदा पाथीभरा क्षेत्र विकास समितिले जिल्लास्थित सरोकारवालासँग हारगुहार गर्दै आएको छ । यता पाथीभरा क्षेत्रमा खानेपानी, विद्युत् र इन्टरनेटसहितका दूरसञ्चार सेवा समेत प्रभावकारी नहुँदा समस्या भोग्दै आउनुपरेकाले उक्त समस्या सम्बोधनका लागि समितिले भट्टराईसँग अनुरोध गरेको छ । हाल लिफ्टिङ प्रविधिसहितको खानेपानी आयोजना सञ्चालनमा आए पनि विद्युत्का कारण नियमित भइरहेको छैन ।

यसअघि मङ्सिर १५ गते पाथीभरा क्षेत्रको समग्र समस्या समाधान र विकासका लागि समितिले सर्वपक्षीय अनुगमन र समीक्षा कार्यक्रम गरेको थियो । उक्त अनुगमनपछि भएको समीक्षा बैठकको निर्णयबारे समेत भट्टराईलाई जानकारी गराइएको कार्यकारी निर्देशक हाङ्बाङले बताएका छन् ।

यसैबीच समितिसँगको छलफलका क्रममा भट्टराईले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा मुख्य योगदान पुर्याउँदै आएको धार्मिक क्षेत्र पाथीभराको समग्र विकासमा पहिल्यैदेखि पहलकदमी गर्दै आएको र वर्तमान आवश्यकताअनुसारका कार्यमा सहयोग गर्ने बताए ।

उनले यसअघि निर्माण सकिएका योजनाको मर्मतसम्भारसहित नयाँ आवश्यकताका योजनामा सम्बन्धित पक्षसँग समन्वय गरी अघि बढ्ने बताए । समितिका पदेन सदस्य समेत रहेका भट्टराईले पाथीभरा क्षेत्रमा कुनै विकास निर्माणको अभाव र कमी हुन नदिने गरी सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?