Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

फागुन २७ देखि पाँचपोखरी टी-२० क्रिकेट


पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा हुन लागेको पाँचाँै संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही फागुन २७ गतेदेखि हुन लागेको हो । गाउँपालिकाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २७ देखि चैत ३ गतेसम्म हुने लागेको गाउँपालिकाले जानकारी दिएको छ ।

यसवर्षको प्रतियोगिता पनि मूलपानी रङ्गशालामा सञ्चालन गर्ने तयारीमा लागेको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले उक्त प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७४ सालदेखि तीन संस्करण जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर आठ जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?