Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

फागुन २७ देखि पाँचपोखरी टी-२० क्रिकेट


पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा हुन लागेको पाँचाँै संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही फागुन २७ गतेदेखि हुन लागेको हो । गाउँपालिकाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २७ देखि चैत ३ गतेसम्म हुने लागेको गाउँपालिकाले जानकारी दिएको छ ।

यसवर्षको प्रतियोगिता पनि मूलपानी रङ्गशालामा सञ्चालन गर्ने तयारीमा लागेको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले उक्त प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७४ सालदेखि तीन संस्करण जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर आठ जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?