Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

आज राति मिथुन उल्कावर्षाको गतिविधि उच्च रहने


२८ ,मङ्सिर ,काठमाडौँ । यही मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्कावर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । योे उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हँुदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ ।

उल्कावर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा ९जेमिनिड मेट्योर शावर० नामकरण गरिएको उनले बताए ।

उल्कावर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बिर खिच्न सक्नेछन् । अवलोकनको लागि आज राति ८ः०० बजे देखि शुक्रबार बिहान ५ः३० सम्मको समय अनुकुल हुने सोसाइटीले जनाएको छ ।

उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम देखिन्छ । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेका लागि सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्कावर्षा हेर्र्न कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।

सोसाइटीले विज्ञप्ति मार्फत् देशभर छरिएर रहेका सदस्य तथा शुभचिन्तकलाई आआफ्ना स्थानमा रहेका नजिकैका खुल्ला स्थानबाट हेर्न र तस्बिर लिन आग्रह गरेको छ ।

सबै अवलोकनकर्तालाई आफ्ना तस्बिर सोसाइटीको कार्यालयमा पठाउन पनि अध्यक्ष भट्टराईले आह्वान गरेका छन् । प्राप्त तस्बिरलाई सोसाइटीले सामाजिक सञ्जालामार्फत् सार्वजनिक गर्ने पनि सोसाइटीको विज्ञप्तिमा उल्लेख छ ।

उल्कावर्षासम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । हाल जारी उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहने उनले सुनाए ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?