Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

अमेरिका पुगेकी रेखा थापाले भनिन्- म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन


काठमाडौं। अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ,तर रेखा थापा व्यक्ति पनि भएको र उनको निजी अधिकारलाई सम्मान गर्नुपर्ने कतिपयको मत रहेको छ ।

उनले टाइमलाइनमा चलेको यो बहसमा प्रतिक्रिया दिएकी छन् । उनले आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गरेकी छन् । एक भिडियो कुराकानीमा रेखाले अमेरिकामै बेबी प्लान गर्ने योजना आफ्नोभन्दा पनि श्रीमानको अधिकार र रुचिमा आधारित रहेको बताएकी छन् ।

हरेक पुरुषले आफ्नो परिवार, आफ्नो आमाबाबुसँगै सन्तान जन्मियोस् भन्ने चाहन्छ । माइतीमा जन्माउने चलन त छैन होला नि हाम्रो त । यो विषयमा कोही पनि त्यति धेरै फुर्सदिलो नबन्नुस् । यो अनावश्यक कुरा हो । माइ लाइफ, माइ च्वाइस । मेरो मात्र च्वाइसको कुरा हुँदैन, मेरो श्रीमानको पनि कुरा हुन्छ । म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन ।’

रेखा लेख्छिन्:-

‘श्रीमानको पनि इच्छा हुन्छ होला । उसले आफ्नो व्यवसाय भएको ठाउँ । घरपरिवार भएको ठाउँ लैजान खोज्दैन त रु सन्तान त्यहीं जन्म भएको हेर्न चाहँदैन होला त रु मेरो मात्र अधिकारको कुरा हुँदैन त रु अर्को कुरा यो भ्याकेसनको कुरा हो । म पेट बोकेकै कारणले जान पाउँदिन होला त ?

मेरो बच्चा १८ वर्ष पुगिसकेपछि ऊ कहाँको नागरिक बन्ने उसको कुरा हो । १८ वर्ष पुग्दा म मेरो बाबु आमाको देशको नागरिक बन्छु भनेर गर्व गर्ने वातावरण सिर्जना पो मैले गर्ने हो त । मैले बच्चा जहाँसुकै जन्माए पनि त्यो सरोकारकै कुरा होइन । १८ वर्षपछि त्यो बच्चाको अधिकारको कुरा हो । मेरो राइटको कुरा हैन ।

रेखा थापाले के गर्छे त्यो महत्वपूर्ण हो । म मेरो देश छाडेर कहीं पनि गएको छैन । म मेरो देशमा बस्ने हो । मैले मेरो देशमा काम गर्ने हो । उनीहरु कहाँ जान्छन्, त्यो उनीहरुको कुरा हो । उनीहरुलाई मैले पखेंटा काट्ने मेरो अधिकार छैन ।

उनी गत बुधबार श्रीमान बलराम शाहीसँगै अमेरिका प्रस्थान गरेकी थिइन् भने चिकित्सकले माघ अन्त्य वा फागुन पहिलो साताको डेलिभरी डेट दिएका छन् । फागुनमै उनको फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । उक्त फिल्मको भर्चुअल प्रचार गर्ने उनको तयारी समेत रहेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?