Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘दान्भी’को टिजरमा पूजा शर्माको भरमार एक्सन


काठमाडौं। पूजा शर्मा जति फिल्ममा देखिइन्, तिनमा उनी ‘लभर गर्ल’ थिइन् । अब उनी त्यो छविलाई बदल्न चाहन्छिन् । चरित्रमा विविधता खोज्ने उनको यो यात्रा ‘दान्भी’बाट सुरु भएको देखिन्छ ।

बिहीबार सार्वजनिक ‘दान्भी’ टिजरले पूजालाई परम्परागत चरित्र चित्रणबाट अलग रुपमा दर्शाउँछ । टिजरमा उनी भरमार एक्सन दृश्यमा देखिएकी छिन् भने भिलेनलाई धुलाई गर्नेदेखि खतरनाक स्टन्ट दृश्यमा उनी प्रस्तुत छिन् ।

त्यस्तै, चितामा शव जलाइएको दृश्यबाट टिजर सुरु हुन्छ । त्यसमा पूजा भन्छिन्- ‘जहाँ मानवता सकिन्छ, त्यहाँ काली र दुर्गाको रुपमा दान्भीको उदय हुन्छ ।’ यो दृश्य र संवादले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको पुष्टि हुन्छ ।

उक्त एक्सन जनराको फिल्ममा पूजाको यो डेब्यु अवश्य हो । एक मिनेट ३२ सेकेन्ड लामो टिजर पूजाको वानम्यान शोजस्तै देखिन्छ,तर टिजरमा को-एक्टर कुन्साङ बम्जन छायामा छन् । उनको चरित्र चित्रण कमजोर देखिन्छ ।

त्यसैगरी, टिजरलाई हेर्दा यसको कथावस्तु, प्राविधिक पक्ष र संवाद लेखनमा प्रशस्तै टिप्पणी गर्ने ठाउँहरु छन् । सन् २०२४ मा प्रदर्शन हुने जनाइएको यो फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् भने डेब्यु एक्टर बम्जनसँग पूजाको अनस्क्रिन जोडी बाँधिएको छ ।

 


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?