Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

राष्ट्रिय सभाको सीट बाँडफाँटमा नागरिक उन्मुक्तिले गर्‍यो यस्तो दाबी


काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभामा गठबन्धनबाट कम्तीमा एक सीट दाबी गरेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्था मन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सीट बाँडफाँटबारे छलफल गरेका हुन् ।

त्यसैगरी, नाउपा संरक्षक चौधरीले प्रधानमन्त्रीसँग राष्ट्रियसभा निर्वाचन र लुम्बिनी प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताए । उनले आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको र उक्त मतभार महत्त्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने बताए ।

माघ ११ गते राष्ट्रियसभाका १९ सिटको निर्वाचन हुँदैछ भने गठबन्धनभित्रका नेपाली काँग्रेस, माओवादी, नेकपा एस र जसपाले मात्र भागबन्डा गर्ने तयारी भइरहेका बेला नागरिक उन्मुक्तिले कम्तीमा एक सीट दाबी गरेको हो । नाउपाको सुदूरपश्चिममा ७ प्रदेशसभा सदस्य र ७ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन् । त्यस्तै लुम्बिनी प्रदेशसभामा ४ र मधेशमा एक जना सांसद छन् ।

उक्त भेटमा लुम्बिनी सरकार विस्तारको अलमल र त्यहाँ उत्पन्न गठबन्धनभित्रकै समस्याबारे समेत छलफल भएको चौधरीले नेपाल प्रेसलाई बताए । नाउपाले सरकारले गर्ने राजनीतिक तथा संवैधानिक नियुक्तिहरूमा समेत गठबन्धनको आकारअनुसार आफूले पनि प्रतिनिधित्व पाउनुपर्ने माग राखेको छ ।

सो गठबन्धनमा आबद्ध दलमध्ये नाउपासँग संघीय संसदमा ४ सीट रहेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?