Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

हिमाली क्षेत्रमा मूल्य बढ्यो


काठमाडौं। हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत बराबर पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ प्रतिशत बराबर छ । यस्तै तराईमा चार दशमलव ४२ प्रतिशत, पहाडमा छ दशमलव शून्य सात प्रतिशत र हिमालमा आठ दशमलव ७९ प्रतिशत छ भने अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः सात दशमलव ५६ प्रतिशत, आठ दशमलव ५२ प्रतिशत, आठ दशमदव शून्य तीन प्रतिशत र छ दशमलव ६८ प्रतिशत रहेको थियो ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ८४ प्रतिशत, विविध वस्तु तथा सेवाको १० दशमलव ७६ प्रतिशत, शिक्षाको आठ दशमलव ९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको पाँच दशमलव २७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको चार दशमलव ९६ प्रतिशतले बढेको छ भने सो समीक्षा अवधिमा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक ८६ प्रतिशतले घटेको छ ।

कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ३८ प्रतिशत छ भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति आठ दशमलव शून्य आठ प्रतिशत थियो । सो समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव शून्य एक प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ८९ प्रतिशत छ ।

त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६ दशमलव ४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४ दशमलव ५९ प्रतिशत, फलफूलको १४ दशमलव शून्य एक प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव शून्य दुई प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ । सो समीक्षा अवधिमा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४ दशमलव २३ प्रतिशत र पाँच दशमलब ३५ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?