Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एकै ठाउँमा उभिएर एकअर्कालाई पौडेल र नेम्वाङले दिए विजयको शुभकामना


२५ फागुन, काठमाडाैँ। राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङले एक अर्कालाई वियजको शुभकामना दिएका छन् । संसद भवनमा निर्वाचन चलिरहँदा दुबै उम्मेदवारले शुभकामना व्यक्त गरेका हुन् ।

नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पाैडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

‘लोकतन्त्रका लागि र ब्यवस्था परिवर्तनका लागि, नेपालको परिवर्तनका, संघीय गणतन्त्रको लागि, समानुपातिक समावेशीताका लागि उहाँ (सुवासचन्द्र नेम्वाङ)को पनि मेरो भन्दा कम भुमिका छैन्,’ भन्दै पौडेलले नेम्वाङलाई शुभकामना दिएका हुन ।

त्यसैगरी नेम्वाङले पनि शुभकामना दिँदै भने, ‘वास्तवमा लामो समय देखी हामीसँगै छौं, मेरो अध्यक्षतामा जारी संविधान कार्यान्वयनको यो महत्वपुर्ण चरणमा, राष्ट्रपति निर्वाचनको संघारमा हामी उभिएका छौं, उहाँलाई प्रतिस्पर्धीको रुपमा देखिरहेको छु । राजनीतिमा अंक गणित अलि फरक हुन्छ तर मेरो उहाँलाई शुभकामना छ, उहाँको मलाई शुभकामना छ ।’


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?