Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

हेटौँडामा मानव सेवा आश्रमको आफ्नै भवन


काठमाडौं। मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको संस्थाले करिब रु १४ करोड लागतमा भवन निर्माण गरेको छ । सो भवनको यही मङ्सिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त संस्थाका अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्ष २०७९/८० सम्म रु १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० खर्च भएको छ । उक्त भवन निर्माणका लागि हालसम्म विभिन्न सरकारी निकायबाट रु एक करोड १७ लाख ७३ हजार पाँच सय ७० र चन्दा सङ्कलनबाट रु ११ हरोड ९१ लाख २६ हजार ९६० प्राप्त भएको संस्थाको भनाइ रहेको छ भने सो भवनको पूर्णताका लागि महजात्रा, श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

महिला, पुरुष, बालबालिका, अशक्त र वद्धवृद्धाहरूलाई छुट्टाछुट्टै राखेर सहयोगापेक्षीमैत्री सेवा प्रवाह गर्दै आइरहेको मानव सेवा आश्रमले दिगो सञ्चालनका लागि गाईपालन, अग्र्यानिक तरकारी र फलफूल खेती गर्दै आएको छ भने फलफूल र दूधमा आत्मनिर्भर बन्दै गइरहेको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले दुई सय ५० जना मान्छे र एक दर्जनभन्दा बढी गाइवस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रूपान्तरण गरेको छ ।

उक्त संस्थाका विभिन्न १९ जिल्लामा आफ्नै भवन निर्माण सुरु गरिसकेको छ भने सो संस्थाले चितवन, पोखरा, गोरखा र बागलुङमा चालु आवभित्रै भवन निर्माण सकिने जनाएको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?