Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु


खलङ्गा।  प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडीको टायर पन्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?