Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो ।

आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१ हजार चार सय ५१ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० बराबरको कारोबार भएको छ । त्यसैगरी, आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ६२, जीवन बीमा समूह एक दशमलव १४, निर्जीवन बीमा समूह एक दशमलव ३१ र व्यापार समूह शून्य दशमलव आठ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

त्यस्तै, सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव १५ र लघुवित्त समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६९ प्रतिशतले घटेको छ ।

सो कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १४ करोड ६७ लाख ९३ हजार एक सय ५६ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण काबेली लिमिटेडको सात लाख तीन हजार ९२ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?