Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो ।

आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१ हजार चार सय ५१ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० बराबरको कारोबार भएको छ । त्यसैगरी, आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ६२, जीवन बीमा समूह एक दशमलव १४, निर्जीवन बीमा समूह एक दशमलव ३१ र व्यापार समूह शून्य दशमलव आठ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

त्यस्तै, सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव १५ र लघुवित्त समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६९ प्रतिशतले घटेको छ ।

सो कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १४ करोड ६७ लाख ९३ हजार एक सय ५६ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण काबेली लिमिटेडको सात लाख तीन हजार ९२ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?