Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला


महेन्द्रनगर,धनुषा। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ । फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाइन्छ । आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताएका छन् ।

त्यसैगरी, त्रेता युगमा गुरु विश्वामित्रसहित धनुषयज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्बदन्ती रहेको जानकार नित्यानन्द मण्डलको भनाइ थियो । जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई रामजस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेकोे अर्का जानकार डा. राजेन्द्र विमलले जानकारी दिए ।

उक्त महोत्सवको पहिलो दिन मङ्गलबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिससरको नगरमा घुमाइएको थियो भने भोलि बिहीबार तिलकोत्सव कार्यक्रम रहेकोे सहायक महन्त दासले उल्लेख गरेका छन् । त्यस्तै, त्रेतायुगामा भएको मर्यादा पुरुषोत्तम् राम र आदर्श नारी सीताको वैवाहिक महोत्सवको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरमा विवाहपञ्चमी पर्व मनाइन्छ । यसवर्ष मङ्सिर २६ गतेदेखि सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, भोलि बिहीबार धनुषयज्ञ, २९ गते तिलकोत्सव, ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाह पञ्चमी मुख्य दिन रहेको छ भने विवाह पञ्चममीमा जन्तीको रुपमा आएका साधुसन्तलाई पुस २ गते बिदाइ (रामकलेवा) गरी विवाहपञ्चमी महोत्सव समापन हुने सहायक महन्त दासले बताएका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?