Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला


महेन्द्रनगर,धनुषा। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ । फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाइन्छ । आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताएका छन् ।

त्यसैगरी, त्रेता युगमा गुरु विश्वामित्रसहित धनुषयज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्बदन्ती रहेको जानकार नित्यानन्द मण्डलको भनाइ थियो । जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई रामजस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेकोे अर्का जानकार डा. राजेन्द्र विमलले जानकारी दिए ।

उक्त महोत्सवको पहिलो दिन मङ्गलबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिससरको नगरमा घुमाइएको थियो भने भोलि बिहीबार तिलकोत्सव कार्यक्रम रहेकोे सहायक महन्त दासले उल्लेख गरेका छन् । त्यस्तै, त्रेतायुगामा भएको मर्यादा पुरुषोत्तम् राम र आदर्श नारी सीताको वैवाहिक महोत्सवको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरमा विवाहपञ्चमी पर्व मनाइन्छ । यसवर्ष मङ्सिर २६ गतेदेखि सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, भोलि बिहीबार धनुषयज्ञ, २९ गते तिलकोत्सव, ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाह पञ्चमी मुख्य दिन रहेको छ भने विवाह पञ्चममीमा जन्तीको रुपमा आएका साधुसन्तलाई पुस २ गते बिदाइ (रामकलेवा) गरी विवाहपञ्चमी महोत्सव समापन हुने सहायक महन्त दासले बताएका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?