Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘प्लस साइज मोडेल’को रुपमा विश्वब्यापी चर्चाबीच काठमाडौं आइपुगिन् जेन दीपिका


काठमाडौं। ‘प्लस साइज मोडल’को रुपमा एकाएक विश्व चर्चित बनिन् जेन दीपिका ग्यारेट । मिस युनिभर्सले यी सुन्दरीलाई एकाएक अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बनायो । नाम चलेका विश्व प्रतिष्ठित संचारमाध्यमले दीपिकामाथि शब्द खर्चिए । खासगरि, उनको शरिरको आकारले सौन्दर्य मापदण्डको परम्परागत मान्यतालाई चुनौति दिएको विश्लेषण भए ।

त्यसैगरी, उनै दीपिका मंगलबार काठमाडौं उत्रिएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओढाएर र फूलमाला लगाइदिएर उनलाई स्वागत गरे भने विन्टर लङकोटमा दीपिका आकर्षक देखिएकी थिइन् ।

उनको स्वागतमा परिवारका सदस्य र शुभेच्छुक काठमाडौं एयरपोर्ट पुगे । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै उनले नेपालको नाम विश्व सामु चर्चामा ल्याउन सफल भएकामा धन्यवाद दिएका थिए ।

मिस युनिभर्सको स्टेजमा उनले कीर्तिमान पनि रचिन्- पहिलो प्लस साइज मोडेलको रुपमा । उत्कृष्ट २० भित्र पनि समावेश पनि भइन् । एल साल्भाडोरका राष्ट्रपति त भेटेरै दीपिकालाई बधाई दिए भने उक्त प्रतिस्पर्धा सकिएपछि उनी न्यूयोर्क पुगिन् जहाँ उनले आकर्षक फोटोसुट पनि गरिन् ।

त्यस्तै, दीपिकाले नेपाल आइपुगेपछि संक्षिप्त प्रतिक्रिया दिइन् । ‘मिस युनिभर्स’जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महशुस भएको उनले बताएकी छिन् ।

उनले ‘प्लस साइज मोडल’को रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाले दिएको स्थानको सम्मान गर्न चाहेको जनाइन् भने २३ वर्षिया उनले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?