Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

शम्भु–निर्मला विशिष्ट साधक सम्मान वरिष्ठ पत्रकार रिसाललाई


काठमाडौं। नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र, गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान दिने दीर्घसाधकलाई प्रदान गरिने ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ यस वर्ष वरिष्ठ पत्रकार भैरव रिसाललाई दिइने भएको छ ।

त्यस्तै, वरिष्ठ स्रष्टा एवं गायक शम्भुकुमार मिलन र उनकी जीवनसँगिनी निर्मला रेग्मीको नाममा स्थापित शम्भु–निर्मला कला–साहित्य समाजले यस वर्षदेखि प्रदान गर्ने सो सम्मानबाट पहिलोपटक रिसाललाई रु २१ हजार राशीसहित सम्मानित गर्न लागिएको समाजका अध्यक्ष प्रा.डा देवी नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विसं १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा जन्मिएर संस्कृतमा आचार्य गरी पत्रकारिता, साहित्य लेखन, समाजसेवा र नेपालको आधिकारिक इतिहासको खोजी कार्यमा सक्रिय रिसालका ‘साधुलाई शूली’ (जेलडायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘सुशीला भैरव’ (सहलेखन), ‘छानिएका रचना’, ‘उहिलेको नेपाल’लगायतका निबन्ध, संस्मरण तथा इतिहाससँग सम्बन्धित विभिन्न कृतिहरू प्रकाशित छन् ।

त्यस्तै, राससका पूर्व प्रमुख समाचारदाता ९६ वर्षीय रिसालले विभिन्न लेख तथा अन्तर्वार्तामार्फत नेपालको आधिकारिक सिमाना तथा ऐतिहासिक तथ्यहरूका बारेमा स्पष्ट जानकारी दिँदै आएका छन् । उक्त समाजले शम्भुकुमार मिलन स्मृतिग्रन्थ पनि प्रकाशनको तयारी गरेको छ ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?