Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

शम्भु–निर्मला विशिष्ट साधक सम्मान वरिष्ठ पत्रकार रिसाललाई


काठमाडौं। नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र, गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान दिने दीर्घसाधकलाई प्रदान गरिने ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ यस वर्ष वरिष्ठ पत्रकार भैरव रिसाललाई दिइने भएको छ ।

त्यस्तै, वरिष्ठ स्रष्टा एवं गायक शम्भुकुमार मिलन र उनकी जीवनसँगिनी निर्मला रेग्मीको नाममा स्थापित शम्भु–निर्मला कला–साहित्य समाजले यस वर्षदेखि प्रदान गर्ने सो सम्मानबाट पहिलोपटक रिसाललाई रु २१ हजार राशीसहित सम्मानित गर्न लागिएको समाजका अध्यक्ष प्रा.डा देवी नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विसं १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा जन्मिएर संस्कृतमा आचार्य गरी पत्रकारिता, साहित्य लेखन, समाजसेवा र नेपालको आधिकारिक इतिहासको खोजी कार्यमा सक्रिय रिसालका ‘साधुलाई शूली’ (जेलडायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘सुशीला भैरव’ (सहलेखन), ‘छानिएका रचना’, ‘उहिलेको नेपाल’लगायतका निबन्ध, संस्मरण तथा इतिहाससँग सम्बन्धित विभिन्न कृतिहरू प्रकाशित छन् ।

त्यस्तै, राससका पूर्व प्रमुख समाचारदाता ९६ वर्षीय रिसालले विभिन्न लेख तथा अन्तर्वार्तामार्फत नेपालको आधिकारिक सिमाना तथा ऐतिहासिक तथ्यहरूका बारेमा स्पष्ट जानकारी दिँदै आएका छन् । उक्त समाजले शम्भुकुमार मिलन स्मृतिग्रन्थ पनि प्रकाशनको तयारी गरेको छ ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?