Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दुई सय ७० जनालाई विद्यालय पोसाक


२६ ,मङ्सिर ,मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–१, शीतलपुरस्थित रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज विद्यालय पोसाक वितरण गरिएको छ ।

विद्यालय प्राङ्गणमा आज एक समारोहबीच गाउँपालिका अध्यक्ष धीरेन्द्र यादवले विद्यार्थीलाई स्कुल ड्रेसको कपडा वितरण गरेका थिए ।

पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय ७० जना छात्र छात्रालाई विद्यालय पोसाकको लागि कपडा वितरण गरिएको सूचना प्रविधि अधिकृत विमलेश यादवले जानकारी दिए ।

विद्यालय पोसाक वितरण कार्यक्रममा वडाध्यक्ष सतेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र राय यादव, प्रधानाध्यापक सुशील यादवलगायत शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो ।

पर्सा गाउँपालिकामा रहेका आठ वटा सामुदायिक विद्यालयमा करिब ४७ विद्यार्थी अध्ययनरत रहेको सूचना प्रविधि अधिकृत यादवले जानकारी दिए ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?