Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


२६ ,मङ्सिर ,काठमाडौँ । मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।

आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै खड्काका परिवारबाट पटक–पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निजहरुमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?