Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा रमाउँदै पूर्वमिस नेपालहरु


काठमाडौं। बिहीवार विवाहको तयारीमा रहेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आज ‘मेहेन्दी समारोह’ चलिरहेको छ । श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा पूर्वमिस नेपालहरु पुगेका छन् ।

उक्त तस्वीरमा पूर्व मिस नेपालहरु उषा खड्गी, सदिक्षा श्रेष्ठ, प्रिया सिग्देल, सुगरिका केसी, जेनिशा मोक्तान लगायत देखिएका छन् भने केही दिनदेखि नगरकोटको एक रिसोर्टमा पनि पूर्वमिस नेपालहरुसँग श्रृंखलाको ब्याचलरेट पार्टी भएको थियो ।

हायात होटलमा भैरहेको सेरेमोनीमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएको तस्वीरमा देख्न सकिन्छ भने मरुन रङको लेहंगामा श्रृंखला आकर्षक देखिएकी छन् । उनको फोटो पोज ‘क्यूट’ देखिन्छ ।

बिहीवार होटल हायातमै संचार उद्यमी सम्भव सिरोहियासँग श्रृंखलाको विवाह समारोह हुँदै छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?