Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

पर्यटन प्रवर्द्धनका लागि दोलखाको सैलुुङमा ‘कविता यात्रा’


दोलखा। साहित्यिक पत्रकार सङ्घको आयोजनामा दोलखाको सैलुुङमा ‘कविता यात्रा’ आयोजना हुने भएको छ । दोलखाको सैलुुङको पर्यटन प्रवर्द्धन गर्ने हेतुले साहित्यकारहरुको उपस्तिथिमा कविता यात्रा हुने वरिष्ठ साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताएका छन् ।

उक्त यात्रामा विभिन्न विधाका वरिष्ठ साहित्यकारहरु तीन दिनका लागि दोलखा आउने छन् । दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा आगामी पुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते सैलुङको सय थुम्काको अवलोकन भ्रमण गरी सैलुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सैलुुङमा रचना वाचनपश्चात् साहित्यकारको टोलीले कालापानी रात बिताउने छ भने पुस ६ गते सैलुुङ गाउँपालिका–८ सैलुुङ वडाको आयोजनामा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनेछ । तीन दिनमा साहित्यकारहरुले नियात्रासहितका विभिन्न विधामा सैलुुङको प्रचारप्रसारमा कलम चलाउनेछन् भने सो कार्यक्रमको आयोजना गर्न विशेष पहल दोलखाका वरिष्ठ समाजसेवी सोभित उप्रेतीले गरेका हुन् ।

उक्त कार्यक्रमले दोलखाको सैलुुङलगायत विभिन्न स्थानको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले बताएको छ भने सो कार्यक्रममा गायिका गायककोसमेत उपस्थित हुनेछ । त्यस्तै, साहित्यिक पत्रकार सङ्घले यसअघिको इलाममा कविता यात्रा आयोजना गरेको थियो ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?