Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पर्यटन प्रवर्द्धनका लागि दोलखाको सैलुुङमा ‘कविता यात्रा’


दोलखा। साहित्यिक पत्रकार सङ्घको आयोजनामा दोलखाको सैलुुङमा ‘कविता यात्रा’ आयोजना हुने भएको छ । दोलखाको सैलुुङको पर्यटन प्रवर्द्धन गर्ने हेतुले साहित्यकारहरुको उपस्तिथिमा कविता यात्रा हुने वरिष्ठ साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताएका छन् ।

उक्त यात्रामा विभिन्न विधाका वरिष्ठ साहित्यकारहरु तीन दिनका लागि दोलखा आउने छन् । दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा आगामी पुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते सैलुङको सय थुम्काको अवलोकन भ्रमण गरी सैलुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सैलुुङमा रचना वाचनपश्चात् साहित्यकारको टोलीले कालापानी रात बिताउने छ भने पुस ६ गते सैलुुङ गाउँपालिका–८ सैलुुङ वडाको आयोजनामा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनेछ । तीन दिनमा साहित्यकारहरुले नियात्रासहितका विभिन्न विधामा सैलुुङको प्रचारप्रसारमा कलम चलाउनेछन् भने सो कार्यक्रमको आयोजना गर्न विशेष पहल दोलखाका वरिष्ठ समाजसेवी सोभित उप्रेतीले गरेका हुन् ।

उक्त कार्यक्रमले दोलखाको सैलुुङलगायत विभिन्न स्थानको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले बताएको छ भने सो कार्यक्रममा गायिका गायककोसमेत उपस्थित हुनेछ । त्यस्तै, साहित्यिक पत्रकार सङ्घले यसअघिको इलाममा कविता यात्रा आयोजना गरेको थियो ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?