Trending
>>   सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी >>   अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै काँग्रेस सांसद थानीको आपत्ति >>   थाइल्याण्ड–कम्बोडिया सीमा झडपमा ९ थाई नागरिकको मृत्यु >>   यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल >>   सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण >>   भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग >>   महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु) >>   महिलामन्त्री सुडीको वर्ष दिनः १३२ गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार, ६१ अर्ब ९७ करोडको… >>   पाँच दशक पुरानो सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुने, डिपिआर तयार >>   सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा छौँः मन्त्री सुडी
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

जुम्लामा शान्ति सुरक्षालाई मजबुत बनाउन सिसी क्यामेरा जडान गरिँदै


जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । सदरमुकामको विमानस्थलबाट बीचबजार, क्याम्पस लाइन र विजयजगरमा सिसी क्यामेरा जडानका लागि अहिले रु ३० लाखको बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिएका छन् ।

उक्त सिसी क्यामेराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्ने भएको छ भने नीति, कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो । क्रमशः अर्को वर्षका लागि पनि अर्को ठाउँमा सिसी क्यामेरा जडानका लागि बजेट पारित गरिने प्रशासकीय अधिकृत न्यौपानले भने, “पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसँगै आपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सिसी क्यामेरा जडान गर्न लागिएको हो ।”

त्यस्तै, आपराधिक क्रियाकलापसँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि पहिलो पटकमा नगरपालिको खलङ्गा बजारका विभिन्न स्थानमा क्यामेरा जडान गर्ने तयारीमा नगरपालिका लागिपरेको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । बोलपत्र मुल्यांकन काम अबको केही सातापछि सकिएपछि क्यामेरा जडानको काम अगाडि बढ्ने नगरप्रमुख कठायतको भनाइ रहेको छ ।

अहिले आवश्यकतानुसार सदरमुकाम खलङ्गा बजारका चोकमा क्यामेरा जडान गरिने भएको छ भने सुरक्षा मजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताए । उक्त बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामेरा जडान सुरु गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?