Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

जुम्लामा शान्ति सुरक्षालाई मजबुत बनाउन सिसी क्यामेरा जडान गरिँदै


जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । सदरमुकामको विमानस्थलबाट बीचबजार, क्याम्पस लाइन र विजयजगरमा सिसी क्यामेरा जडानका लागि अहिले रु ३० लाखको बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिएका छन् ।

उक्त सिसी क्यामेराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्ने भएको छ भने नीति, कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो । क्रमशः अर्को वर्षका लागि पनि अर्को ठाउँमा सिसी क्यामेरा जडानका लागि बजेट पारित गरिने प्रशासकीय अधिकृत न्यौपानले भने, “पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसँगै आपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सिसी क्यामेरा जडान गर्न लागिएको हो ।”

त्यस्तै, आपराधिक क्रियाकलापसँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि पहिलो पटकमा नगरपालिको खलङ्गा बजारका विभिन्न स्थानमा क्यामेरा जडान गर्ने तयारीमा नगरपालिका लागिपरेको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । बोलपत्र मुल्यांकन काम अबको केही सातापछि सकिएपछि क्यामेरा जडानको काम अगाडि बढ्ने नगरप्रमुख कठायतको भनाइ रहेको छ ।

अहिले आवश्यकतानुसार सदरमुकाम खलङ्गा बजारका चोकमा क्यामेरा जडान गरिने भएको छ भने सुरक्षा मजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताए । उक्त बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामेरा जडान सुरु गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?