Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोमबार नै गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से ३ प १४१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उक्त प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने ४५ वर्षीय कुत्ते सार्कीको मृत्यु भएको जनाएको छ।

भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । उक्त प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

उक्त मोटरसाइकल दुर्घटनामा धनगढीकै ३९ वर्षीय तेजबहादुर सार्की घाइते भएका छन् । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?