Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

‘बालविवाह मुक्त पालिका कार्यविधि’ जारी


जलेश्वर,महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ । सोमबार आयोजित बालविवाह विरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन कार्यविधि बनाइ जारी गरिएको बताएका छन् ।

‘बालविवाह, जीवन तवाह’ मूल नाराका साथ ‘बालविवाहविरुद्धको बृहत् भेला’को आयोजना गरिएको थियो । अध्यक्ष यादवले आउँदो असार मसान्तसम्ममा बालविवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता प्रकट गरे । त्यसैगरी, अध्यक्ष यादवले संघीय सरकारले अवलम्बन गरेको बाल विवाह मुक्त गर्ने राष्ट्रिय नीतिलाई सफल तुल्याउन आफूले पालिका कार्यविधि नै ल्याएर आउँदो असार मसान्तसम्ममा पालिकालाई बालविवाह मुक्त गर्ने लक्ष्य राखेको बताए ।

उक्त भेलामा विवाह गराउने तथा विवाह कार्यमा सहभागिता जनाउने पण्डित, धर्मगुरु, मौलाना, राजनीतिकर्मी, समाजसेवी, सामाजिक अगुवा, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, स्वयंसेविका, विभिन्न बाल क्लबमा आवद्ध बालबालिकासहितको बृहत् सहभागितामा अब उपरान्त पिपरा गाउँपालिकामा बालविवाह नगर्ने, नगराउने सबै पक्षले लिखित प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, सात वडा रहेको पिपरामा दुई वर्षअघि वडा नं १ मा ३१, २ मा ४१, ३ मा ४९, ४ मा ५४, ५ मा ४४, ६ मा ४६ र वडा नं ७ मा २६ प्रतिशत वालविवाह हुँदै आएको र सम्पूर्ण पालिकामा ४२ प्रतिशत बालविवाह हुँदै आएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

सो गाउँपालिका र रतौली युवा क्लबले बालविवाह विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?