Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘बालविवाह मुक्त पालिका कार्यविधि’ जारी


जलेश्वर,महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ । सोमबार आयोजित बालविवाह विरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन कार्यविधि बनाइ जारी गरिएको बताएका छन् ।

‘बालविवाह, जीवन तवाह’ मूल नाराका साथ ‘बालविवाहविरुद्धको बृहत् भेला’को आयोजना गरिएको थियो । अध्यक्ष यादवले आउँदो असार मसान्तसम्ममा बालविवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता प्रकट गरे । त्यसैगरी, अध्यक्ष यादवले संघीय सरकारले अवलम्बन गरेको बाल विवाह मुक्त गर्ने राष्ट्रिय नीतिलाई सफल तुल्याउन आफूले पालिका कार्यविधि नै ल्याएर आउँदो असार मसान्तसम्ममा पालिकालाई बालविवाह मुक्त गर्ने लक्ष्य राखेको बताए ।

उक्त भेलामा विवाह गराउने तथा विवाह कार्यमा सहभागिता जनाउने पण्डित, धर्मगुरु, मौलाना, राजनीतिकर्मी, समाजसेवी, सामाजिक अगुवा, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, स्वयंसेविका, विभिन्न बाल क्लबमा आवद्ध बालबालिकासहितको बृहत् सहभागितामा अब उपरान्त पिपरा गाउँपालिकामा बालविवाह नगर्ने, नगराउने सबै पक्षले लिखित प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, सात वडा रहेको पिपरामा दुई वर्षअघि वडा नं १ मा ३१, २ मा ४१, ३ मा ४९, ४ मा ५४, ५ मा ४४, ६ मा ४६ र वडा नं ७ मा २६ प्रतिशत वालविवाह हुँदै आएको र सम्पूर्ण पालिकामा ४२ प्रतिशत बालविवाह हुँदै आएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

सो गाउँपालिका र रतौली युवा क्लबले बालविवाह विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?