Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

जापानमा एक जना नेपालीको निधन


२४ फागुन, काठमाडाैँ। जापानमा कार्यरत एक नेपालीको निधन भएको छ । जापानमा कुकको काम गरिरहेका नेपालीको निधन भएको हो ।

निधन हुनेमा बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखाल रहेका छन् । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

आफ्नो आफ्नो नियमित कामबाट घर फर्केर श्रीमतीसँगै खाना खाएर सुतेका चोखाल सोही ठाउँमा मृत अवस्थामा  फेला परेको बताइएको छ । उनी विगत १४ वर्षदेखि जापानमा बसिरहेका थिए ।

उनकी नेपालमा एक छोरी रहेको बताइएको छ । उनी श्रीमतिसँग जापानको सिनगावा नजिकै बस्दै आएका थिए । उनको अन्तिम संस्कार जापानमै गर्ने तयारी भइरहेको जनाइएको छ ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?