Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिरियामा भएको ड्रोन आक्रमणमा ४ जना मारिए


२४ फागुन, एजेन्सी। सरकार नियन्त्रित पूर्वी सिरियामा बुधबार इरान समर्थित गुटहरूद्वारा भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स रामी अब्देल रहमानका अनुसार पूर्वी सहर देइर एजोरमा इरान समर्थित समूहको हतियार कारखाना नजिक ड्रोन आक्रमण भएको हो । आक्रमण शीर्ष इरानी कमाण्डरहरू र लेबनानको हिजबुल्लाह आन्दोलनका वरिष्ठ अधिकारीहरूको निवासलाई लक्ष्य गरेर भएको ठानिएको छ ।

सिरियाली सरकारसँग गठबन्धनमा रहेका इरान समर्थक गुटहरू हिजबुल्लाहलगायत देइर एजोर प्रान्त हुँदै बग्ने युफ्रेटिस नदीको दक्षिण र पश्चिममा भारी मात्रामा तैनाथ छन् ।

आतङ्कवादीले बिछ्याएको बारुदी सुरुङ देइर एजोर नजिक विस्फोट हुँदा केही हताहत भएका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि त्यसबारे विस्तृत विवरण दिएका छैनन् । गत जनवरी ३० मा सोही क्षेत्रमा भएको ड्रोन हमलामा ११ जना मारिएका थिए ।

सन् २०११ देखि प्रारम्भ भएको द्वन्द्वबाट करिब पाँच लाख सर्वसाधारणको ज्यान गइसकेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा क्रुर दमन भएपछि सिरिया द्वन्द्वको चपेटामा परेको हो । लाखौँ घरबारविहीन भएका छन्भने त्यति नै सङ्ख्यामा विस्थापित भएका छन् ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?