Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

सूचीकृत कम्पनीले ‘लकइन’ खुल्नु ३० दिनअघि नै सूचना प्रकाशित गर्नुपर्ने


काठमाडौं। सूचीकृत कम्पनीले ‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूलाई ‘लकिङ’ रहेको सेयरको ‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि सूचना जारी गरेर सबैलाई जानकारी गराउन निर्देशन दिएको छ ।

त्यस्तै, सूचीकृत कम्पनीको लकइन अवधि सकिएको जानकारी नहुँदा एकै पटक कम्पनीको सेयरमा ठूलो सप्लाई आउँदा आम लगानीकर्तालाई जानकारी नहुने र सेयर मूल्यमा समेत प्रभाव पर्ने देखिएको भन्दै ‘लकइन खुल्नु अगाडि नै सूचना प्रकाशित गर्नुपर्ने निर्णय भएको जनाइएको छ ।

गत शुक्रबार बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले उक्त निर्देशन जारी गर्ने निर्णय गरेको र कम्पनीहरूलाई निर्देशन जारी गर्न बाँकी रहेको बताइएको छ । सूचीकृत कम्पनीहरूमा वास्तविक क्षेत्र र हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर जारी गरेको निश्चित समयपछि मात्रै संस्थापक लगानीकर्ताको सेयरको ‘लकइन’ अवधि सकिएर साधारणसरह कारोबार गर्न सकिने व्यवस्था छ ।

सो उद्योग तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय लगायतलाई जारी गरेको सेयर पनि निश्चित समयसम्म ‘लकइन’ हुन्छ । उक्त ‘लकइन’ सकिएपछि दोस्रो बजारमा एकै पटक धेरै सेयर सप्लाई आउँदा कम्पनीको सेयर मूल्यमा ठूलो उतारचढाव देखिने गरेको छ ।

उक्त सूचना नेप्से र सीडीएस एण्ड क्लियरिङले पनि आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था बोर्डले गर्न लागेको छ । बोर्डले सम्बन्धित कम्पनीले नै उक्त सूचना प्रकाशित गर्न निर्देशन दिने निर्णय गरेको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?