Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सूचीकृत कम्पनीले ‘लकइन’ खुल्नु ३० दिनअघि नै सूचना प्रकाशित गर्नुपर्ने


काठमाडौं। सूचीकृत कम्पनीले ‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूलाई ‘लकिङ’ रहेको सेयरको ‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि सूचना जारी गरेर सबैलाई जानकारी गराउन निर्देशन दिएको छ ।

त्यस्तै, सूचीकृत कम्पनीको लकइन अवधि सकिएको जानकारी नहुँदा एकै पटक कम्पनीको सेयरमा ठूलो सप्लाई आउँदा आम लगानीकर्तालाई जानकारी नहुने र सेयर मूल्यमा समेत प्रभाव पर्ने देखिएको भन्दै ‘लकइन खुल्नु अगाडि नै सूचना प्रकाशित गर्नुपर्ने निर्णय भएको जनाइएको छ ।

गत शुक्रबार बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले उक्त निर्देशन जारी गर्ने निर्णय गरेको र कम्पनीहरूलाई निर्देशन जारी गर्न बाँकी रहेको बताइएको छ । सूचीकृत कम्पनीहरूमा वास्तविक क्षेत्र र हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर जारी गरेको निश्चित समयपछि मात्रै संस्थापक लगानीकर्ताको सेयरको ‘लकइन’ अवधि सकिएर साधारणसरह कारोबार गर्न सकिने व्यवस्था छ ।

सो उद्योग तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय लगायतलाई जारी गरेको सेयर पनि निश्चित समयसम्म ‘लकइन’ हुन्छ । उक्त ‘लकइन’ सकिएपछि दोस्रो बजारमा एकै पटक धेरै सेयर सप्लाई आउँदा कम्पनीको सेयर मूल्यमा ठूलो उतारचढाव देखिने गरेको छ ।

उक्त सूचना नेप्से र सीडीएस एण्ड क्लियरिङले पनि आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था बोर्डले गर्न लागेको छ । बोर्डले सम्बन्धित कम्पनीले नै उक्त सूचना प्रकाशित गर्न निर्देशन दिने निर्णय गरेको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?