Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

प्रहरी निरीक्षकद्वय थापा, श्रेष्ठ र वरिष्ठ नायव निरीक्षक नेपाली सम्मानित


काठमाडौं। इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली नेपाल प्रहरी पूर्व सङ्गठन प्रमुख मञ्चद्वारा सम्मानित भएका छन् ।

उक्त कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धिले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताएका छन् । यस्ता अभिनव सोच र साहसिक कार्यहरूले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिल्ने चर्चा गर्दै यसले नेपाल प्रहरीलाई महत्त्वपूर्ण कार्यहरू जिम्मेवारीका साथ बहन गर्न थप हौसला र प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे।

उक्त मञ्चद्वारा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । सो कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरे भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मान गरे ।

त्यस्तै, सम्मानित हुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठद्वारा नेपाललाई प्रतिनिधित्व गर्दै निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट’ इन्टरपोल हन्ड्रेड विषयक सूचनामूलक छोटो भिडियो इन्टरपोलद्वारा आयोजित इन्टरपोल हन्ड्रेड ग्लोबल भिडियो कन्टेन्ट फर योङ पुलिस लिडर प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको थियो ।

त्यसैगरी सम्मानित हुने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल भएको थिए ।

सो सम्मान कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?