Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

हिंसाविरुद्ध सचेतनाका दिन कला प्रदर्शनी


काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउन चित्रकला प्रदर्शनी गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसरमा बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीमा ४९ कलाकारका सिर्जना समावेश छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार कुल लैङ्गिक हिंसामध्ये ८९ प्रतिशत चिनाजानका मानिसबाट भएको छ भने समग्रमा ८० प्रतिशत घटना घरेलु हिंसाका रहेको उल्लेख छ । त्यसैले घर छिमेकमा हुने यस्ता घटना रोक्न लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र सकारात्मक भाव झल्किने खालका चित्र समावेश गरेर प्रदर्शन गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त नगरपालिकाका प्रशासकीय अधिकृत केदारकुमार खड्काका अनुसार हरेक क्षेत्रले कुनै न कुनै माध्यामबाट हिंसाविरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिँदै नगरपालिकाले पनि सोही अनुसार कला प्रदर्शनी आयोजना गरेको बताए ।

त्यसैगरी, हरेक क्षेत्रबाट यसैगरी हिंसाविरुद्ध सचेतना फैलाउने हो भने घटना न्यूनीकरणमा सहयोग पुग्ने कलाकार दिपेन्द्रमान बनेपालीले बताए । उनले ४९ जना कलाकारले चित्रमार्फत हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै सचेतना फैलाउन योगदान गरेको जानकारी गराए । त्यस्तै, कलाकार दिपेन्द्रमान बनेपाली र सुमित्रा श्रेष्ठले कला प्रदर्शनीको संयोजन गरेको थियो ।

नेपालमा पछिल्लो समयमा लैङ्गिक हिंसाका घटना बढिरहेका छन् भने हिंसाका घटना प्राय आफन्त र चिनेजानेका व्यक्तिबाटै बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै, अझ कम उमेरका बालबालिका यसको सिकार भइरहेका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?