Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

हिंसाविरुद्ध सचेतनाका दिन कला प्रदर्शनी


काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउन चित्रकला प्रदर्शनी गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसरमा बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीमा ४९ कलाकारका सिर्जना समावेश छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार कुल लैङ्गिक हिंसामध्ये ८९ प्रतिशत चिनाजानका मानिसबाट भएको छ भने समग्रमा ८० प्रतिशत घटना घरेलु हिंसाका रहेको उल्लेख छ । त्यसैले घर छिमेकमा हुने यस्ता घटना रोक्न लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र सकारात्मक भाव झल्किने खालका चित्र समावेश गरेर प्रदर्शन गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त नगरपालिकाका प्रशासकीय अधिकृत केदारकुमार खड्काका अनुसार हरेक क्षेत्रले कुनै न कुनै माध्यामबाट हिंसाविरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिँदै नगरपालिकाले पनि सोही अनुसार कला प्रदर्शनी आयोजना गरेको बताए ।

त्यसैगरी, हरेक क्षेत्रबाट यसैगरी हिंसाविरुद्ध सचेतना फैलाउने हो भने घटना न्यूनीकरणमा सहयोग पुग्ने कलाकार दिपेन्द्रमान बनेपालीले बताए । उनले ४९ जना कलाकारले चित्रमार्फत हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै सचेतना फैलाउन योगदान गरेको जानकारी गराए । त्यस्तै, कलाकार दिपेन्द्रमान बनेपाली र सुमित्रा श्रेष्ठले कला प्रदर्शनीको संयोजन गरेको थियो ।

नेपालमा पछिल्लो समयमा लैङ्गिक हिंसाका घटना बढिरहेका छन् भने हिंसाका घटना प्राय आफन्त र चिनेजानेका व्यक्तिबाटै बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै, अझ कम उमेरका बालबालिका यसको सिकार भइरहेका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?