Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

लोकगायक खत्रीको पञ्चेबाजा गीत सार्वजनिक


गण्डकी। लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ भने सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र सङ्गीत पनि खत्रीकै रहेको छ ।

आशिष अविरलको सङ्गीत संयोजन रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ । कथा र भिडियो निर्देशन विनम्र खत्रीले गर्नुभएको छ । उक्त गीतमा बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, गुल्मीको मालिकालगायत पश्चिम नेपालका धार्मिकस्थलको प्रसङ्ग जोडिएको छ भने सो भिडियोमा पनि ती ठाउँका दृश्य कैद गरिएको लोकगायक खत्रीले बताएका छन् ।

उनका यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए । लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन् । त्यस्तै, सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहनुभएका उनी दुई दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?