Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

लोकगायक खत्रीको पञ्चेबाजा गीत सार्वजनिक


गण्डकी। लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ भने सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र सङ्गीत पनि खत्रीकै रहेको छ ।

आशिष अविरलको सङ्गीत संयोजन रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ । कथा र भिडियो निर्देशन विनम्र खत्रीले गर्नुभएको छ । उक्त गीतमा बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, गुल्मीको मालिकालगायत पश्चिम नेपालका धार्मिकस्थलको प्रसङ्ग जोडिएको छ भने सो भिडियोमा पनि ती ठाउँका दृश्य कैद गरिएको लोकगायक खत्रीले बताएका छन् ।

उनका यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए । लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन् । त्यस्तै, सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहनुभएका उनी दुई दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?