Trending
>>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   रेड पाण्डाको छाला सहित एक जना पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ >>   हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण >>   तिहारको बिदामा सर्वोच्च अदालत खुला रहने
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

फिल्म निर्माणमा दीपकराज गिरीको दशवर्ष, भन्छन्- अब ‘दृश्य शैली’मा परिवर्तन ल्याउँछौ


काठमाडौं। फिल्म निर्माताको रुपमा दीपकराज गिरीको करिअरले सोमबार दशक टेकेको छ । दशवर्षअघि आजकै दिन उनले डेब्यु भेन्चर ‘६ एकान ६’ निर्माणको घोषणा गरे । यो विन्दूदेखि अहिलेसम्म उनले निर्माण गरेका आठ फिल्मले एक अर्बको ब्यापार गरेका छन् ।

त्यस्तै, उनको कम्पनी आमा सरस्वती मूभिजसँग आउने वर्ष दुई फिल्मको ‘लाइनअप’ छ । ‘जाली रुमाल’लाई उनको डेब्यु अभिनय फिल्म मान्ने हो भने दीपकको करिअर ग्राफ ‘छक्कापञ्जा’सम्म आइपुग्दा आकाशिएको देखिन्छ । यो गतिमा उनी अभिनेता, निर्माता, फिल्म लेखक हुँदै हल संचालकसम्मको भूमिकामा छन् ।

उनले भने, ‘फिल्मको स्टाइल र प्रस्तुतिकरणमा केही परिमार्जन गर्नुपर्छ भनेर लागेका छौं भने एक दशक हाम्रो एउटा टाइपको फिल्म हेरे दर्शकले । अबको यात्रा आउँदो दशकको यात्रा हो । अबको दशकको यात्रा फरक गरौं भन्ने यात्रामा लाग्या छौं ।’ उनले अब नयाँ कलाकार पनि समेटिने बताएका छन् ।

त्यसैगरी, आफ्नो कम्पनीले दशवर्ष टेकेको अवसरमा सोमबार उनले अनलाइनखबरसँग आगामी दशकको योजना सुनाए । उनले आउने दशकका लागि फिल्मको प्रस्तुतिकरण, लुक र कलाकार पनि नयाँ पेश हुने बताएका छन् । परिवर्तनको जरुरी किन ? दीपकको जवाफ छ- समय सँगै कामलाई चेन्ज गरिराख्या छौं । कुनै पनि चीजलाई एउटै संरचनामा हेर्दा मजा आउदैन । विश्व सिनेमा पनि चेन्ज भैराख्या छ भने हाम्रो पनि दश वर्षदेखि एउटै भएको होला । अब आउने यात्रा भिन्न होस् भन्ने चाहेको हो ।’

उक्त फिल्मको कुरा गर्दा दीपकको कम्पनी आमा सरस्वती मूभिजले ‘छक्कापञ्जा’को चौंथो सिरिजसँग निर्माण गरेको छ । ६ एकान ६, वडा नम्बर ६, शत्रुगते, छ माया छपक्कै पनि निर्माण गरेका छन् ।

त्यस्तै, दीपक यतिबेला आगामी फिल्म निर्माणको तयारीमा जुटेका छन् । अघिल्लो हिट फिल्म ‘वडा नम्बर ६’कै श्रृंखलाको रुपमा काम भैरहेको यो फिल्मको सुटिङ बैशाखदेखि गर्ने तयारी छ । २०८१ सालमा आमा सरस्वती मूभिजको ब्यानरमा दुई फिल्म ल्याउने उनको तयारी छ भने यसबाहेक दीपकले ब्यानरबाहिरको एक फिल्म पनि खेल्दैछन् ।

 


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?