Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

विराटनगरका एक युवकमाथि भारतमा गोली प्रहार


काठमाडौं। विराटनगरका एक जना युवकमाथि भारतमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८-का २७ वर्षीय निर्दोष सङ्ग्रौला माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिएका छन् ।

उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, आइतबार साँझ विराटनगर-१६, दशगजानजिकै भारतीय क्षेत्रमा उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

 

 


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?