Trending
>>   आज मिति २०८२ साल जेठ १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम >>   पूर्वराजा शाहलाई गगन थापाको प्रश्न :राजतन्त्र आएपछि के हुन्छ ? >>   कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली >>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।स्लिङ्टन कलेज काठमाडौंले साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सेक्युरिटी रिचर्ज हबको उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सेक्युरिटी सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताउनुभयो । साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सेक्युरिटी रिसर्च हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको जनाएको छ ।

‘सूचना र प्रविधिको उच्चतम विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्वपूर्ण पक्ष बन्दै गएको छ । साइबर स्पेसलाई सुरक्षित गर्नु आज विश्वभरि ठूलो चुनौतीको विषय बन्दै गएको छ’– मन्त्री शर्माले भन्नुभयो– ‘साइबर स्पेस सुरक्षित गरी व्यक्तिगत डाटा सुरक्षादेखि राष्ट्रिय सार्वभौमिक अक्षुण्ण राख्नेसम्मका कार्य अब महत्वपूर्ण बन्दै गएका छन् ।’
सूचना प्रविधि आफैमा उदाउँदो क्षेत्र भएको र त्यसमा अझ साइबर सेक्युरिटी महत्वपूर्ण क्षेत्र उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘तपाइँहरुलाई थाहा नै छ, हामीले नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेका छौं । सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने आक्रमणहरुबाट सुरक्षित रहन साइबर सुरक्षा नीति जारी गरिएको हो ।’

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० ले नौ वटा रणनीति अघि सारेको उल्लेख गर्दै मन्त्री शर्माले जसअनुसार आफूहरु साइबर सुरक्षासम्बन्धी कानुनी र संरचनागत व्यवस्थामा जुटेको जानकारी दिनुभयो । मन्त्रालयमा साइबर सुरक्षा विधेयकको मस्यौदा गर्ने काम भइरहेको जानकारी दिंदै उहाँले साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो ।

साइबर सुरक्षा नीतिले जनचेतनामा पनि जोड दिएको र साइबर सुरक्षाका लागि अतिसंवेदनशील सूचना प्रविधि पूर्वाधार घोषणा गरेर त्यसको संरक्षण गर्ने नीति कानुनबाटै व्यवस्थित गरिने उहाँले जानकारी दिनुभयो । सूचना प्रविधिले सिमानारहित डिजिटल अर्थतन्त्रमा जोड दिने र यसमा भूपरिवेष्टिताले असर नगर्ने भएकाले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने एक मात्र क्षेत्र नेपालका लागि सूचना प्रविधि नै हुने उहाँले स्पष्ट गर्नुभयो ।

आफूले सञ्चार तथा सूचना प्रविधि मत्रालय सम्हालेपछि साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै आएको र मन्त्रालय परिसरमै सेक्युरिटी अप्रेसन सेन्टर (सक) स्थापना गरेर जीआइडिसी र जी क्लाउडमा होस्टिङ भएका सरकारी प्रणालीको २४ घण्टे अनुगमन सुरु गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । त्यसपछि सरकारी सूचना प्रणालीमाथि आक्रमणका घटनामा पनि कमी आएको उहाँले स्पष्ट गर्नुभयो ।

साइबर सेक्युरिटी विषयमा नेपालकै विश्वविद्यालयमा उच्च शिक्षा पठनपाठन सुरु गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट गर्दै उहाँले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थाले साइबर सेक्युरिटी विषयमा स्नातकोत्तर तहको कोर्ष डिजाइन गरिरहेको जानकारी दिनुभयो ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?