Trending
>>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

विराटनगरबाट विद्यार्थीले सुरु गरे क्षुद्रग्रह खोज


२४ ,मङ्सिर ,काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा दुई दिने “क्षुद्रग्रह खोज तालिम” विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको छ ।

तालिममा विराटनगर महानगरपालिका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट मेरिज माध्यमिक विद्यालय, दिल्ली पब्लिक स्कुल, सत्यनारायण माध्यमिक विद्यालय लगायत १७ विद्यालयका ३७ छात्रा र ४३ छात्र गरी ८० विद्यार्थीको सक्रिय सहभागिता रहेको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

दुई दिने तालिममा विद्यार्थीले कम्प्युटरको प्रयोग गरी अमेरिकाको हवाईस्थित प्यानस्टार टेलिस्कोपले खिचेको तस्विरको विश्लेषण गर्दै क्षुद्रग्रह खोज्ने सीप सिकेका थिए । त्यस्तै खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी विद्यालय तहका विभिन्न कार्यक्रमबारे जानकारी लिए ।

तालिममा केही विद्यालयका शिक्षकको पनि सहभागिता थियो ।तालिममा नासोका अध्यक्ष भट्टराईले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै, ओशन शर्मा कट्टेल, उदिप पोखरेल, सुवर्ण प्याकुरेल, सृजनप्रसाद रौनियार, आर्य रिजाल, आदित्य झाले तालिममा सहजीकरण गरेका थिए । तालिममा विराट बहिरा माध्यमिक विद्यालयकी शिक्षिका शोभा प्याकुरेलले दोभाषेको भूमिका निर्वाह गरेका थिए ।

तालिममा सहभागी विद्यार्थीले सन् २०२४ को जनवरी ५ देखि ३० सम्म सञ्चालन गरिने राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमा नासोको सिफारिसमा सहभागी भई यस तालिममा सिकेको सीप परीक्षण गर्नेछन् ।

कार्यक्रमको समापन सत्रमा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले तालिमले विद्यार्थीमा खगोल विज्ञानको खोज अनुसन्धानमा रुचि बढाएको बताए । युवालाई यस क्षेत्रतर्फ लाग्न प्रोत्साहन गर्न महानगरमा खगोल तथा अन्तरिक्ष विज्ञानको विकासको लागि विराटनगर महानगरपालिकाले तारामणडल (प्लानेटोरियम) निर्माण र खगोल विज्ञानको क्षेत्रमा रूचि राख्ने विद्यार्थीका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता उनले जनाए ।

विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिका अध्यक्ष प्रवीणकुमार विश्वासको अध्यक्षतामा भएको समापन सत्रमा नगर शिक्षा अधिकारी तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्ण भट्टराई, सामाजिक विकास समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेत, दिल्ली पब्लिक स्कुलका प्रधानाध्यापक भीमबहादुर लिम्बु, महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल, महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तथा बाल कल्याण अधिकारी मञ्जु लोहनीलगायतले खगोल विज्ञानका बारेमा निरन्तर अध्ययन अनुसन्धान गरिनुपर्नेमा जोड दिए ।

नेपालमै पहिलोपटक स्थानीय तहमा खगोल एवं अन्तरिक्ष विज्ञान प्रवद्र्धनका निम्ति विराटनगर महानगरपालिकाले खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समिति गठन गरेको छ । यस खालको समिति बनाई काम गर्ने नमुना अभ्यास नेपालका अरू पालिकाले आत्मसात गरे खगोल तथा अन्तरिक्ष विज्ञानको प्रचार–प्रसार, विकास तथा प्रवद्र्धनमा विश्वस्तरमा आफ्नो पहिचान बनाउने नासोले जनाएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?