Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३२ श्रावण २०८२, आईतवार
३२ श्रावण २०८२, आईतवार

अन्तर्राष्ट्रिय उडान माग गर्दै गौतमबुद्ध विमानस्थलमा उद्योगी–व्यवसायीको धर्ना


काठमाडौं। रुपन्देहीका उद्योगी-व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा सङ्घसंस्था आबद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो ।

उक्त प्रदर्शनमा सहभागीहरूले विमानस्थलमा अध्यागमन, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम, स्वास्थ्य परीक्षण लगायत विमानस्थलसँग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

त्यस्तै, भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो भने व्यवसायीले विमानस्थलमा धर्ना पनि दिएका छन् ।

 


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?