Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

लुक्ला जाँदै गरेको जहाजको आपत्कालीन ढोकाको सिसा खस्यो


काठमाडाैं। काठमाडाैंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपत्कालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतबार बिहान ९ः३१ मा काठमाडाैंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

उक्त जहाजको आपत्कालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘काठमाडाैंको रनवे चेक गर्दा सिसा खसेको पाइएन । बाटोमा कतै खसेको हुन सक्छ ।’

उक्त जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा आपत्कालीन ढोकामा सिसा थिएन । जहाज सामान्य रूपमै अवतरण गरेको थियो भने जहाजमा दुई जना यात्रु पनि थिए ।

 


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?