Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

लुक्ला जाँदै गरेको जहाजको आपत्कालीन ढोकाको सिसा खस्यो


काठमाडाैं। काठमाडाैंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपत्कालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतबार बिहान ९ः३१ मा काठमाडाैंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

उक्त जहाजको आपत्कालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘काठमाडाैंको रनवे चेक गर्दा सिसा खसेको पाइएन । बाटोमा कतै खसेको हुन सक्छ ।’

उक्त जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा आपत्कालीन ढोकामा सिसा थिएन । जहाज सामान्य रूपमै अवतरण गरेको थियो भने जहाजमा दुई जना यात्रु पनि थिए ।

 


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?