Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ


काठमाडाैं। काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडाैंको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।

उनका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर ल्याइएको उक्त सुन प्रहरी टोलीले नागढुङ्गाबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको हो । उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताएका छन् ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?