Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

नेपाल-भारत सीमा स्तम्भको मर्मत र रङ्गरोगन शुरु


काठमाडाैं। नेपाल-भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गरोगन थालिएको छ । अहिले ३५ वटा सीमा स्तम्भ (पिलर) को मर्मत र रङ्गरोगन गर्ने काम भइरहेको छ ।

त्यस्तै, कपिलवस्तुदेखि बाँकेको सीमासम्म पर्ने झन्डै ८३ किलोमिटर नेपाल-भारत सीमा क्षेत्र छुट्याउने ७७ मध्ये ३५ वटा सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम शुरु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङले जनाएको छ ।

यसअघि २०७४-०७५ तिर नापी विभागकै टोलीले जिल्लामा सीमा स्तम्भको मर्मत गरेको थियो भने अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको तर्फबाट सीमा स्तम्भको सरसफाइ, रङ्गरोगन र मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

दाङमा ३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भ रहेका छन् । जसमध्ये १४ वटा मुख्य र २१ वटा सहायक सीमा स्तम्भको अहिले नेपालले मर्मत गर्न थालेको छ । त्यस्तै दुई देशीय सम्झौताअनुसार जोर अङ्कका सीमा स्तम्भ मर्मतको जिम्मा पाएको भारतले भने यसअघि नै काम गरिसकेको छ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?