Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एनसेलले लुटको खेती गरिरहेको छ : जनार्दन शर्मा


काठमाडाैं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको टिप्पणी गरेका छन् । सन् २०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरिरहेको उनको आरोप छ ।

त्यसैगरी, आजियटाले एनसेलको सेयर बिक्री गरेर बाहिरिएपछि चर्को विवाद भएको छ । एनसेल बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले बिहीबार पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वका उच्चस्तरीय छानबिन समिति गठन गरेको छ भने उच्च अदालतले पनि शेयर बिक्री कार्यान्वयन नगर्न आदेश दिएको छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धूलीसाफ भएछ । ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ ।’


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?