Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एनसेलले लुटको खेती गरिरहेको छ : जनार्दन शर्मा


काठमाडाैं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको टिप्पणी गरेका छन् । सन् २०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरिरहेको उनको आरोप छ ।

त्यसैगरी, आजियटाले एनसेलको सेयर बिक्री गरेर बाहिरिएपछि चर्को विवाद भएको छ । एनसेल बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले बिहीबार पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वका उच्चस्तरीय छानबिन समिति गठन गरेको छ भने उच्च अदालतले पनि शेयर बिक्री कार्यान्वयन नगर्न आदेश दिएको छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धूलीसाफ भएछ । ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ ।’


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?