Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

इलामको सन्दकपुर क्षेत्रमा हिमपात


इलाम। इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए । उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै, बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र आज पनि बिहानैबाट हिउँ झरेको जनाइएको छ भने सन्दकपुर जिल्लाकै अग्लो स्थान हो । यसको उचाइ तीन हजार छ सय ३६ मिटर रहेको छ । हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बूढापाका तथा बालबालिकालाई समस्या भए पनि युवाहरू हिउँमा नै रमाउने गरेका छन् । दीर्घरोगी गोठमा नै बस्नेलाई समेत समस्या पर्ने गरेको छ । हिउँ परेपछि जिल्लाका अन्य क्षेत्रबाट हिउँ खेल्न पर्यटकसमेत जान थालेको बताइएको छ । घर बाहिरको काम गर्न समस्या भएको छ । वस्तुलाई घाँस काट्न समस्या भए पनि किसानलाई भने हिउँले राहत मिल्ने बताइएको छ भने सुक्खा रहेको जमिन हिउँले लामो समयसम्म चिस्यान गराउने किसानको भनाइ छ ।

त्यस्तै, हिउँदका दिनमा पनि आक्कलझुक्कल हिउँ पर्ने भएपछि हिउँ सँग रमाउनेसमेत उत्तिकै भेट्टिन्छन् । स्थानीय लाक्पा शेर्पाले हिउँ परेपछि पर्यटक बढ्ने बताए । उनले गएको वर्ष बाक्लो हिउँ नपरेको तर यस वर्ष सुरुदेखि नै हिउँ पर्न थालेको जानकारी दिएका छन् भने हिउँ खेल्नका लागि जाने पर्यटककै कारण सो क्षेत्रका होटल समेत भरिभराउ हुने गरेका छन् ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?