Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

आगलागीपीडित परिवारलाई विराटनगर महानगरपालिकाको सहयोग


२२ ,मङ्सिर ,मोरङ । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बुधबार महानगरपालिका वडा नं –७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो ।

मृत्यु भएका परिवारलाई जनही रु एक/एक लाख तथा घाइतेलाई रु ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार आगलागी हुँदा विराटनगर–६ का दीपक मण्डल, सुशीला पासवान र सुनिता कामतको मृत्यु भएको थियो ।

सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको बुधबार उपचारका लागि अस्पताल लैजाने क्रममा विराटनगरमा तथा सुनिता कामतको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।

घटनामा घाइते भएका विराटनगर–६ का किशोर पासवान, रीता सरदार र कटहरी गाउँपालिकाका–६ की पिंकी कामतको काठमाडौँमा उपचार भइरहेको छ । महानगरले काठमाडौँबाट सुनिताको शव ल्याउने व्यवस्थापन मिलाएको छ । महानगरले कवाडी व्यवसाय र गोदामसहित सम्वेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ ।

महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने महानगर प्रमुख कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?