Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउ : डा. देउवा


काठमाडौं, फागुन २४ : नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. अरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता सहितको महिला अधिकार स्थापित गर्नु पर्ने बताएकी छन्।
अन्तर्राष्ट्रिय महिला दिवसके सन्दर्भमा सन्देश जारी गर्दै नेपाल र विश्वभर लैङ्गिक समानताको प्रवर्द्धनमा भएका महत्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै विशेष गरी महिलाहरूलाई नवीनतम् प्रविधिहरूमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी हुन्।
‘डिजिटल प्रविधिको पहुँच र प्रयोगमा पनि महिलाहरुको समान सहभागिता हुन जरुरी छ। किनकि यसले उनीहरूलाई आफ्नो आर्थिक उन्नति गर्न मद्दत गर्दछ ‘, उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु।प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्ने छु।’
नेपाली नारीहरूले आफुले पाएका अवसरमा सफल भएको जनाउदै नेपाली नारीहरुले लगातार रुपमा शिक्षा, स्वास्थ्य सेवामा पहुँच लगायत कार्यस्थल र समान अवसरहरूका क्षेत्रमा भोग्दै आएको बाधा र भेदभाव एक आपसमा हातेमाले गरेर तोड्न लागि पर्ने पनि बताएकी छन्। उनले सयुक्त्त राष्ट्रसंघले तय गरेको यस बर्षको नाराले उनीहरुको प्रविधिमा पहुँच स्थापना गर्नु पर्ने सन्देश दिएको पनि बताएकी छन्। छौं र समस्त नेपाली नारीहरुलाई थप न्याय र समानता दिलाउने छौं।
‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु।प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्ने छु’, सन्देशमा भनिएको छ, ‘म विशेष गरी ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरुको प्रविधि-साक्षरता बढाउँदै सुचना प्रविधिको क्षेत्रमा उनीहरुको पहुँच पुर्याउने नीतिगत सुधारमा काम गर्ने छु।’
साथै उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डिजिटल स्पेस सहितका क्षेत्रहरूमा लैङ्गिक समानताको प्रवर्द्धन गर्ने प्रतिबद्धता गर्न पनि सबैलाई अनुरोध गरेकी छन्।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?