Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउ : डा. देउवा


काठमाडौं, फागुन २४ : नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. अरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता सहितको महिला अधिकार स्थापित गर्नु पर्ने बताएकी छन्।
अन्तर्राष्ट्रिय महिला दिवसके सन्दर्भमा सन्देश जारी गर्दै नेपाल र विश्वभर लैङ्गिक समानताको प्रवर्द्धनमा भएका महत्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै विशेष गरी महिलाहरूलाई नवीनतम् प्रविधिहरूमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी हुन्।
‘डिजिटल प्रविधिको पहुँच र प्रयोगमा पनि महिलाहरुको समान सहभागिता हुन जरुरी छ। किनकि यसले उनीहरूलाई आफ्नो आर्थिक उन्नति गर्न मद्दत गर्दछ ‘, उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु।प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्ने छु।’
नेपाली नारीहरूले आफुले पाएका अवसरमा सफल भएको जनाउदै नेपाली नारीहरुले लगातार रुपमा शिक्षा, स्वास्थ्य सेवामा पहुँच लगायत कार्यस्थल र समान अवसरहरूका क्षेत्रमा भोग्दै आएको बाधा र भेदभाव एक आपसमा हातेमाले गरेर तोड्न लागि पर्ने पनि बताएकी छन्। उनले सयुक्त्त राष्ट्रसंघले तय गरेको यस बर्षको नाराले उनीहरुको प्रविधिमा पहुँच स्थापना गर्नु पर्ने सन्देश दिएको पनि बताएकी छन्। छौं र समस्त नेपाली नारीहरुलाई थप न्याय र समानता दिलाउने छौं।
‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु।प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्ने छु’, सन्देशमा भनिएको छ, ‘म विशेष गरी ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरुको प्रविधि-साक्षरता बढाउँदै सुचना प्रविधिको क्षेत्रमा उनीहरुको पहुँच पुर्याउने नीतिगत सुधारमा काम गर्ने छु।’
साथै उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डिजिटल स्पेस सहितका क्षेत्रहरूमा लैङ्गिक समानताको प्रवर्द्धन गर्ने प्रतिबद्धता गर्न पनि सबैलाई अनुरोध गरेकी छन्।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?