Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जङ्गल र जङ्गली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की


२१ ,मङ्सिर ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गल र जङ्गली जनावरको संरक्षण गर्नुपर्ने बताएका छन् ।

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जङ्गल र जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि भई प्रदेश र नागरिक समृद्ध हुने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले चाँडै मुख्यमन्त्री डेक्समार्फत सबै मन्त्रालयमा सेवाग्राहीले पाउने सेवा सुविधाका सम्बन्धमा आवश्यक अनुगमन गरी त्यसका आधारमा कर्मचारीको मूल्याङ्कन गरिने जानकारी दिए ।

उनले मानवीय विकासबाट भौतिक विकास हुने भएकाले प्राविधिक विषयमा स्वदेश तथा विदेशमा निःशुल्क छात्रवृत्ति प्रदान गर्न सरकारले प्रतिस्थापन बजेटमा रकम छुट्याएको बताए ।

जनताको बलिदानबाट ल्याएको सङ्घीयताको सफल कार्यान्वयनका लागि जनसेवा, विकासमा जनताको साझेदारी, जनअधिकारको सुरक्षा र सुशासनसहित समिृद्धमा लाग्न उनले कर्मचारीलाई निर्देशन दिए ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले इमान्दारीपूर्वक जनताको कार्यबाट सङ्घीयताको कार्यान्यनमा सहयोग पुग्ने बताए । सम्झौता भएका योजनालाई सही समय र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न कर्मचारी लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले आगामी एक हप्ताभित्र पत्र पठाई वेरुजु फछर्यौट गरी बजेट कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिए । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले प्रदेश सरकारले पहाड तथा तराईका किसानको बाली जोगाउन बाँदर बिक्री तथा दुम्सी र बँदेलको गणना गरी २० प्रतिशतसम्म शिकारका लागि अनुमति प्रदान गर्नुपर्ने सुझाव दिए ।

मन्त्रालयका सचिव विशाल घिमिरे र वन निर्देशनालयका निमित्त निर्देशक धनन्जय लामिछानेले विदेशी काठ आयातलाई निरुत्साहित गरी राजस्व वृद्धि गर्न वनसम्बन्धी आवश्यक ऐन, कानुन र नियम संशोधन गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?